पछिल्लो दुई दिनमा गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूलाई गाली गर्नेलाई लक्षित गर्दै दुई पोस्ट सार्वजनिक गरेकी छिन्। हिजो सार्वजनिक गरेको पोस्टमा गायिकाले आफूलाई गाली गर्नेहरु विरुद्ध कानुनको सहायता लिन सक्ने बताएकी थिइन्।
आज पनि सामाजिक सञ्जाल फेसबुकमा एक लामो पोस्ट सार्वजनिक गरेकी छिन्। गायिका समीक्षाले सार्वजनिक गरेको पोस्ट यस प्रकार छ- ‘बचनले दिएको घाउको औषधी वचन नै हो। वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ। सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न। अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ। मेरा मित्रहरू, गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ। मुख र मलद्वारको काम चिन।’
पछिल्लो समय गायिका समीक्षाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर-पोस्टहरु निकै भाइरल हुनुको साथै थुप्रै नकारात्मक कमेन्ट गरेका पाउन सकिन्छ। केही दिन पहिले पनि गायिकाले उनलाई नराम्रो कमेन्ट गर्नेलाई लक्षित गर्दै एक पोस्ट सार्वजनिक गरेकी थिइन् जुन निकै भाइरल भएको थियो ।