विराट र अभिनेत्री अनुष्काले छोरीको दोस्रो जन्मदिनमा सार्वजनिक गरे छोरीको यस्ता तस्बिर, तस्बिर सहित!

एजेन्सी- क्रिकेटर विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले आज ११ जनवरीमा छोरी वामिका कोहलीको दोस्रो जन्मदिन मनाइरहेका छन् । विराट र अनुष्काले आफ्नी छोरीसँगको तस्बिर मात्र सेयर गरेका छैन, यस पोस्ट अभिनेत्रीले अनुष्काले अहिले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर देखाउन जाँदैछौं जसमा अभिनेत्रीको छोरी वामिकाको झलक देख्न सकिन्छ।

विराट कोहली र अनुष्का शर्माले सन् २०१७ को डिसेम्बरमा विवाह गरेका थिए र उनीहरुले विवाहपछि मात्र यो कुरा खुलासा गरेका थिए। मानिसहरुलाई मनपर्ने यो जोडीले २०२० मा आफू गर्भवती भएको घोषणा गरेका थिए।

सन् २०२१ जनवरी ११ मा अनुष्का शर्माले छोरी वामिका कोहलीलाई जन्म दिएकी थिइन्। आज विराट र अनुष्काले आफ्नो छोरीको दोस्रो जन्मदिन मनाइरहेका छन्। विराट र अनुष्काले पनि छोरीसँगको तस्बिर पनि सेयर गरेका छन्।

वामिका जन्म समय देखि नै अहिलेसम्म विराट र अनुष्काले आधिकारिक रूपमा छोरीको अनुहार देखाएका छैनन्। दुवैले वामिकाको सम्बन्धमा कडा नो-फोटो नीति अनुसरण गर्छन्।

विराट र अनुष्काले छोरीसँगको तस्बिर सेयर गरेको धेरै पटक भएको छ। तर हरेक पटक पछाडिबाट वामिकाको झलक देख्न सकिन्छ ताकि उनको अनुहार नदेखोस्। यी सबै तस्बिरहरू पनि उस्तै छन्।

प्रकाशित : बुधबार, पुष २७, २०७९१७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित अभिनेत्री मलाइका आरोडा नेपाल आइपुगिन्, भन्छन् नेपाल आउन पाउँदा निकै खुसी लाग्यो!