अभिनेत्री गौहर खाले सार्वजनिक गरिन् गर्भावस्थाको तस्बिर, हेर्नुहोस् तस्बिर!

एजेन्सी- भारतीय मोडेल तथा अभिनेत्री गौहर खान गर्भवती भएको खबरले पछिल्लो समयमा लगातार चर्चामा छिन्। गौहरले सामाजिक सञ्जालमा लगातार यस्ता तस्बिर सेयर गरिरहेकी छिन् जसमा उनको बेबी बम्प स्पष्ट देखिन्छ। यसै क्रममा गौहरले गर्भावस्थाको एक यस्तो भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा उनी नृत्य गरिरहेको देखिएकी छिन्।

गौहरको यो भिडियो पनि अहिले निकै चर्चामा छ किनकि गौहर गर्भवती छिन् र बेबी बम्प सार्वजनिक गरेको देखिन्छ। अभिनेत्रीको यो भिडियो भाइरल भइरहेको छ।

गौहर खानले आफ्नो आधिकारिक इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छन्। यस भिडियोमा गौहर खानले चेक वान-पिस लगाएकी छिन् र डान्स गरिरहेकी छिन्। भिडियोमा अभिनेत्री निकै खुसी देखिएकी छिन्, जुन प्रस्ट देखिन्छ।

यस भिडियोमा गौहर खान अलि लूज वान-पिस लगाएकी देखिएकी छिन्। यसका तस्बिरमा अभिनेत्री गौहरको बेबी बम्प स्पष्ट देखिन्छ। विशेष कुरा यो तस्बिरमा अभिनेत्रीलाई निकै सुन्दर देखिएकी छिन्।

यससँगै गौहर खानले श्रीमान् जायदसँग केही तस्बिर सेयर गरेकी छिन्। गौहर खान विवाहको २ वर्षपछि आमा बन्न लागेकी छिन् । गौहरले सामाजिक सञ्जालमा अनौठो तरिकाले गर्भावस्थाको घोषणा गरेकी थिइन्।

प्रकाशित : सोमबार, पुष २५, २०७९१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सानो उमेरमा छोरी मान्छे बहकिन्छन्, राम्रो नराम्रो छुट्याउन जान्दैनन्- समीक्षा अधिकारी