नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा कानुन पनि छ- गायिका समीक्षा अधिकारी !

अहिले गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेकी छिन् जुन निकै भाइरल भइरहेको छ। गायिका समीक्षाले सार्वजनिक गरेको पोस्टमा उनले आफूलाई सामाजिक सञ्जालमा निकै भद्दा नराम्रा कमेन्ट आउने गरेको दु:ख व्यक्त गरेकी छिन्। साथै उनले नेपाली समाजको कमजोरी यो समाजले महिलालाई हेर्ने दृष्टिकोणको बारेमा उल्लख गरेकी छिन्।

उनले सार्वजनिक गरेको पोस्टमा उनलाई नकारात्मक कमेन्ट गर्नेहरूलाई देशमा साइबर अपराधको कानुन पनि छ, र उनले पनि कानुनको सहायता लिन सक्ने बताएकी छिन् ।

अहिलेको समयमा अभिनेता पल शाह नाबालकलाई बला-:त्कार गरेको आरोपमा तनहुँ कारागारमा रहेका रहेका छन्। अभिनेतालाई नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै जेल सजाए सुनेको थियो।

केही समय पहिले अभिनेताले आफूलाई नवलपुर जिल्ला अदालतले सुनाएको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदनको माग गरेका थिए। बालिकाले गत फागुन ११ गते बुधबार अभिनेता पल शाहको विरुद्धमा जब-र्जस्तिको उजुरी दिएकी हुन् । उजुरी परेपछि फरार रहेका अभिनेता पल शाह फागुन १५ गते मात्र प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

यस प्रकार छ गायिकाले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको पोस्ट

मान्छेहरू हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठुलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।

प्रकाशित : सोमबार, पुष २५, २०७९१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री गौहर खाले सार्वजनिक गरिन् गर्भावस्थाको तस्बिर, हेर्नुहोस् तस्बिर!