आलिया र रणबीर सार्वजनिक गरे छोरी राहाको पहिलो तस्बिर, मिडियासँग गरे यस्तो अनुरोध!

एजेन्सी- बलिउड क्षेत्रको चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट छोरी राहाको जन्मदेखि नै चर्चामा छन्। राहा कपूरको एक झलक हेर्नका लागि फ्यानहरु उत्साहित भएका छन्। आमाबुवा बनेपछि रणवीर र आलिया सामाजिक सञ्जालबाट टाढा भएका थिए। हालै यो जोडीले मिडियाकर्मीलाई भेटेका छन् । यस भेटमा दम्पतीले आफ्नी छोरी राहा कपुरको तस्बिर क्लिक नगर्न पनि आग्रह गरेका छन्।

अभिनेता रणबीर कपूर, आलिया र नीतु कपूरले एक विशेष भेटघाट आयोजना गरेका थिए जसमा मिडिया फोटोग्राफरहरूलाई आमन्त्रित गरिएको थियो। यस गेट-टू-गेदरको जानकारी अभिनेता तथा अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा तस्बिर सेयर गरेका छन्, जसमा आलिया, रणबीर र उनकी आमा नीतु कपूर मुस्कुराउँदै पोज दिइरहेका छन्।

यससँगै धेरै फोटोग्राफरहरूले कार्यक्रमको तस्बिर सेयर गर्दै आलिया-रणवीरले मिडियालाई छोरी राहाको तस्बिर क्लिक नगर्न आग्रह गरेको बताएका छन्। विशेष कुरा के छ भने रणबीर र आलियाले राहाको तस्बिर मिडियालाई पनि देखाएका छैनन्।

आलिया भट्टले चाँडै नै आएक नयाँ फिल्मको काम सुरु गर्दै छिन्, जसमा रकी र रानीको प्रेम कथा, ‘जी ले जार’ सहित हलिउड फिल्महरू समावेश छन्। त्यस्तै रणवीर कपूरको वर्कफ्रन्टको कुरा गर्दा उनी चाँडै श्रद्धा कपूरसँग लव रञ्जनको फिल्ममा देखिनेछन्। यस बाहेक उनी फिल्म ‘एनिमलमा’ पनि देखिनेछन् । यस फिल्ममा रनबीर् बाहेक अनिल कपुर र रश्मिका मन्डन्ना मुख्य भूमिकामा देखिनेछन्।

प्रकाशित : आइतबार, पुष २४, २०७९१६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा कानुन पनि छ- गायिका समीक्षा अधिकारी !