शुभ-अशुभ कस्तो रहला मेष राशिको २०२३ वर्ष ? हेर्नुहोस् वार्षिक राशिफल !

मेष राशिको स्वामी मंगलदेव ग्रह हो। ज्योतिष शास्त्र अनुसार नयाँ वर्ष २०२३ मेष राशि हुनेहरुका लागि शुभ रहनेछ। देवगुरु बृहस्पति तपाईंको आरोही घरमा अप्रिल २२ मा मेष राशिमा प्रवेश गर्नेछन्। राहु मीन राशिमा र केतु कन्या राशिमा गोचर गर्नेछ। मेष राशिका व्यक्तिहरुलाई वर्षको शुरुमा भाग्यले साथ दिनेछ। राजनीतिमा संलग्न व्यक्तिले लाभ मिल्नेछ। उच्च अधिकारीको सहयोग मिल्नेछ। फेसन वा ग्लैमर क्षेत्रमा काम गर्ने व्यक्तिहरूले लाभ प्राप्त गर्नेछन्। मेष राशि हुनेहरुको लागि सन् २०२३ मा ग्रह र नक्षत्रको स्थिति कस्तो रहनेछ। यहाँ पढ्नुहोस् मेष राशिफल २०२३-

आर्थिक स्थिति

मेष राशिका व्यक्तिहरूलाई शनि गोचरबाट आर्थिक क्षेत्रमा लाभ मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। तर, २०२३ सालमा शत्रुहरूबाट सजग रहनु आवश्यक छ। आफ्नो बोली नियन्त्रण गर्नुहोस्। रिसलाई नियन्त्रण गर्न जरुरी छ।

काम तथा व्यापार

व्यापार व्यवसायले गति लिनेछ। यस अवधिमा तपाईंले आफ्नो मिहिनेतको पूरा फल पाउनुहुनेछ। हात हलेका काममा सफलता मिल्नेछ। काम गर्नेहरुले नयाँ कामको अवसर पाउनेछन्।

प्रेम

मेष राशि हुनेहरुको प्रेम जीवन राम्रो रहनेछ। अविवाहितका लागि विवाहको प्रस्ताव आउन सक्छ। नयाँ वर्ष २०२३ मा, तपाईंले आफ्नो सम्बन्धलाई बलियो बनाउने प्रयास गर्नुपर्छ। वर्षको अन्त्यमा भने तपाईंको व्यवहारले सम्बन्धमा चिसोपन आउन सक्छ।

स्वास्थ्य

मेष राशिका व्यक्तिहरुका लागि स्वास्थ्यको दृष्टिले २०२३ साल कठिन हुन सक्छ। यो वर्ष स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। खानपानमा ध्यान दिनु जरुरी छ।

प्रकाशित : आइतबार, पुष १७, २०७९११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसरी बित्ला वृष राशिको आजबाट सुरु भएको २०२३ साल ? हेर्नुहोस् आउँदो एक वर्षको राशिफल !