कसरी बित्ला वृष राशिको आजबाट सुरु भएको २०२३ साल ? हेर्नुहोस् आउँदो एक वर्षको राशिफल !

नयाँ वर्ष आबाट सुरु भएको छ। २०२३ मा, ग्रह र नक्षत्रहरूको स्थितिले सबै राशि चिन्हहरूमा प्रभाव पार्नेछ। सन् २०२३ मा ग्रह राशि परिवर्तनले मानव जीवन पनि प्रभावित हुनेछ। नयाँ वर्षले धेरै राशि भएकाहरुको जीवनमा खुशी ल्याउनेछ भने केही राशिका मानिसले दु:खको समय भोग्नु पर्नेछ। सन् २०२३ मा वृष राशिका मानिसहरुका लागि कस्ता नयाँ कुराहरु हुन गइरहेका छन् ? वृष राशिको २०२३ को वार्षिक राशिफल जान्नुहोस्-

ज्योतिष शास्त्र अनुसार सन् २०२३ मा वृष राशिका व्यक्तिहरुलाई मिश्रित फल प्राप्त हुनेछ। यो वर्ष शनि ग्रहको शुभ स्थितिका कारण भाग्यशाली रहनेछ। काम गर्ने व्यक्तिको उन्नतिसँगै आम्दानीमा वृद्धि हुनेछ।

पारिवारिक जीवन

सन् २०२३ मा वृष राशि हुनेहरुको पारिवारिक जीवन सुखद रहनेछ। परिवारसँग राम्रो समय बित्नेछ। तर अप्रिल पछि तपाईंलाई केही मानसिक तनाव हुन सक्छ। स्वास्थ्य सम्बधि समस्या बढ्न सक्छ। नोभेम्बरपछि पारिवारिक समस्या कम हुनेछ। घरमा सुख-समृद्धि आउनेछ।

करियर

वैदिक ज्योतिष शास्त्रका अनुसार २०२३ मा वृष राशिका व्यक्तिहरूले करियरमा उन्नति पाउन सक्नेछन्। वर्षको सुरुमा, तपाईंले इच्छित स्थानान्तरण प्राप्त गर्न सक्नुहुनेछ। नयाँ कामको अवसर मिल्नेछ। लक्ष्यहरू प्राप्त हुनेछन्। रोजगारीको खोजीमा रहेका मानिसहरूले नयाँ कामको अवसर प्राप्त गर्नेछन्।

प्रेम जीवन

सन् २०२३ मा वृष राशिको प्रेम सम्बन्धमा सुधार आउनेछ। वर्षको सुरुमा पार्टनरसँगको सम्बन्ध सुमधुर रहनेछ। अविवाहितका लागि विवाहको प्रस्ताव आउन सक्छ। वर्षको अन्त्यमा तपाईंको सम्बन्धमा रोमान्स बढ्न सक्छ। नोभेम्बर महिनामा अलिकति सावधानी अपनाउनु पर्ने देखिन्छ।

प्रकाशित : आइतबार, पुष १७, २०७९१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो रहला मिथुन राशिका लागि सन् २०२३ ? पढ्नुहोस् वार्षिक राशिफल !