छिट्टै सुरु हुँदैछ यी राशिका मोजका दिन, नयाँ वर्षसँगै सुरु हुनेछ चमत्कार !

ज्योतिषशास्त्रका अनुसार हाल मंगल ग्रह वृष राशिमा वक्री अवस्थामा रहेको छ। कुनै पनि ग्रहको सीधा गतिलाई मार्गी र उल्टो गतिलाई वक्री भनिन्छ। जनवरी १३, २०२३ देखि मंगल ग्रह वृष राशिमा प्रवेश गर्नेछ। साहस र पराक्रमको कारक मंगल ग्रहको मार्गी चालले धेरै राशिका व्यक्तिका लागि लाभदायक साबित हुनेछ। मार्गी मंगलले यी राशिका व्यक्तिहरूलाई बलियो लाभ दिनेछ-

वृष राशि

नयाँ वर्षको पहिलो महिनामा मंगल ग्रह मार्गी अवस्थामा प्रवेश गर्दैछ। वृष राशिका व्यक्तिहरूले मंगल ग्रहको दाहिने पक्षमा रहेकोले धेरै लाभ मिल्नेछ। वृष राशिका मानिसहरुको मनोकामना मार्गी मंगलले पूरा गर्नेछ। यात्रामा जाने अवसर मिल्नेछ। व्यापारमा लाभ हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूका लागि मंगल ग्रहको मार्गी अवस्थाले बलियो लाभ दिनेछ। कार्यस्थलमा प्रशंसा मिल्नेछ। उच्च अधिकारीको सहयोग मिल्नेछ। मिहिनेतको पूरा फल मिल्नेछ। राखेका हरेक लक्ष्य हासिल हुनेछ। जागिरमा बढुवाको सम्भावना छ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि मंगल ग्रहको मार्गी यात्रा निकै लाभदायी रहनेछ। यस अवधिमा रोजगारीमा परिवर्तनको योजना बनाउनुभयो भने सफलता मिल्नेछ। करियरमा प्रगति हुनसक्छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। लगानीबाट लाभ मिल्नेछ।

धनु राशि

धनु राशिका लागि मंगल मार्गी निकै शुभ रहनेछ। व्यापार व्यवसायले गति लिनेछ। रोजगारीको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्। जिम्मेवारी बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ।

मीन राशि

मंगलको गोचरले तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। तपाईंको हिम्मत र बहादुरीमा वृद्धि हुन सक्छ। करियरमा ठूलो उपलब्धि हात पार्न सकिनेछ। काममा राम्रो नतिजा मिल्नेछ। परिवारसँग राम्रो समय बित्नेछ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७९११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघे संक्रान्तिअघि यी राशिको खुल्नेछ भाग्यको ढोका, बुधदेवले दिनेछन् अनेक लाभ !