माघे संक्रान्तिअघि यी राशिको खुल्नेछ भाग्यको ढोका, बुधदेवले दिनेछन् अनेक लाभ !

प्रत्येक ग्रह निश्चित समयावधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ। कतिपय राशिका लागि यो ग्रह गोचर शुभ र कतिपय राशिका लागि कष्टदायी समय हुन्छ। जब कुनै पनि ग्रह सूर्यको नजिक हुन्छ, यो अस्ताउँछ। सन् २०२२ को अन्तिम दिन अर्थात् ३१ डिसेम्बरमा ग्रहहरूको राजकुमार बुध अस्ताउन लागेको छ। धन, व्यापार, बुद्धिमत्ता र संचारको कारक बुध ग्रहको १२ दिनसम्म अस्ताउनु केही राशिका लागि शुभ मानिएको छैन। बुध जनवरी १२, २०२३ मा उदित हुनेछ। बुधको उदय केही राशिका लागि अत्यन्त लाभदायक साबित हुन सक्छ।

बुधको उदयका कारण चम्किनेछ यी राशिको भाग्य

सिंह राशि

सिंह राशिका लागि बुध ग्रहको उदय शुभ रहनेछ। धन लाभ हुने संकेत देखिन्छ। आर्थिक स्थितिमा सुधार आउनेछ। यात्रामा जाने अवसर मिलिरहेको छ। बुधको प्रभावमा तपाईंको व्यक्तिगत र व्यावसायिक जीवनमा सुधार आउनेछ।

तुला राशि

सन् २०२३ को शुरुमा बुध ग्रहको उदयका कारण तुला राशिका व्यक्तिहरुलाई धेरै लाभ मिल्नेछ। तपाईंको आत्मविश्वास बढ्नेछ। नयाँ कुरा थाहा पाउने अवसर मिल्नेछ। गोप्य शत्रुहरू पराजित हुनेछन्। दाजुभाइको सहयोग मिल्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ। करियरमा सफलता मिल्नेछ।

धनु राशि

धनु राशिका लागि बुध उदय लाभदायक रहनेछ। यस अवधिमा तपाईंको व्यवसायले गति लिनेछ। करियरमा नयाँ अवसर मिल्नेछ। साझेदारी कार्यमा लाभ मिल्नेछ। अविवाहितका लागि विवाहको प्रस्ताव आउन सक्छ। पुरानो रोगबाट मुक्ति मिल्नेछ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७९१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि २०२२ को अन्तिम दिनअघि नै अवश्य गर्नुहोस् यस्ता कार्य: हुनेछ हरेक दु:ख तथा समस्या समाप्त !