सन् २०२३ मा यी राशिलाई वित्तीय क्षेत्रमा हुनेछ मनग्य लाभ, दिनहरु हुनेछ शुभ!

काठमाडौँ : अब केही घण्टामै नयाँ वर्ष सुरु हुनै लागेको छ। नयाँ वर्षमा आर्थिक उन्नति हुने सबैको अपेक्षा हुन्छ। नयाँ वर्षमा कोही आफ्नो करियरमा सफलता चाहन्छन् भने कोही धन लाभ होस् भन्ने चाहन्छन्। तर ग्रह र नक्षत्रहरूको स्थितिले प्रत्येक राशिमा फरक परिणाम दिन्छ। जान्नुहोस् नयाँ वर्षमा कुन राशिका व्यक्तिले पाउनेछन् आर्थिक लाभ-

वृष राशि

वर्षको सुरुवातमा वृष राशिका व्यक्तिहरुलाई आर्थिक लाभ मिल्नेछ। वर्षको दोस्रो चरणमा आफ्नो खर्चको कम गर्न आवश्यक छ। कामको सिलसिलामा यात्रा गर्नुपर्ने हुनसक्छ । प्रेम जीवनको लागि समय राम्रो रहनेछ। अप्रिल पछि आफ्नो स्वास्थ्यको ख्याल गर्न आवश्यक छ।

मिथुन राशि

नयाँ वर्ष सन् २०२३ मिथुन राशिका व्यक्तिहरूका लागि करियरको हिसाबले भाग्यशाली रहनेछ। यो वर्ष करियरसँग सम्बन्धित सबै समस्याहरू समाधान हुनेछन्। आर्थिक स्थितिमा सुधार आएपछि लगानीको अवसर मिल्नेछ। मे महिना केही समस्या आउन सक्छ। तर फेब्रुअरी पछि सबै ठिक हुनेछ।

कर्कट राशि

कर्कट राशिका लागि सन् २०२३ शुभ रहनेछ। वर्षको अन्तिम महिनामा करियरमा लाभ हुन सक्छ। यसका साथै आर्थिक लाभको सम्भावना पनि सृजना भइरहेको छ। सम्पत्ति सम्बन्धी विवादबाट टाढा रहनुहोस्। अपमानजनक शब्दहरू प्रयोग नगर्नुहोस्। आफ्नो स्वास्थ्यको ख्याल नगर्नुहोस्।

सिंह राशि

सिंह राशि भएका व्यक्तिहरूले नयाँ वर्षमा आर्थिक अवस्था सुधार्ने धेरै अवसरहरू प्राप्त गर्नेछन्। जुन महिना सिंह राशिको लागि धेरै लाभदायक रहनेछ। यस अवधिमा साहस बढ्नेछ। यो वर्ष सिंह राशिको प्रेम जीवन राम्रो रहनेछ।

तुला राशि

तुला राशि हुनेहरूका लागि सन् २०२३ खुसीयाली लिएर आएको छ। व्यावसायिक प्रगति हासिल गर्न सकिनेछ। अक्टोबर पछि, तुला राशिलाई करियरमा सफलता र कार्यस्थलमा प्रशंसा पाउनुहुनेछ। अविवाहितका लागि अप्रिल पछि विवाहको प्रस्ताव आउन सक्छ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि सन् २०२३ निकै शुभ रहनेछ। कार्यस्थलमा सफलता मिल्नेछ। मेहनतको फल मिल्नेछ। सम्बन्धमा मधुरता आउनेछ। घरजग्गामा लगानीका लागि समय राम्रो छ। आफ्नो जीवनसाथीसँग विवादबाट बच्नुहोला।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरुलाई वर्षको सुरुमा धन प्राप्ति हुनेछ। समय बित्दै जाँदा नाफा बढ्दै जानेछ। वर्षको अन्त्यमा कामको बोझ बढ्न सक्छ। प्रेम सम्बन्धमा समय राम्रो रहनेछ। मार्चपछि थोरै तनाव हुने सम्भावना छ। आँखा दुख्ने वा टाउको दुख्ने समस्या हुन सक्छ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७९११:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छिट्टै सुरु हुँदैछ यी राशिका मोजका दिन, नयाँ वर्षसँगै सुरु हुनेछ चमत्कार !