ग्रहचक्रमा शुक्र ग्रहको ठूलो उथलपुथल: यी ४ राशिलाई नयाँ वर्ष हुनेछ सुखमय !

शुक्र ग्रहलाई ज्योतिषशास्त्रमा महत्वपूर्ण ग्रह मानिन्छ। शुक्र शुभ हुँदा माता लक्ष्मीको पनि विशेष आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ। शुक्र अशुभ हुँदा व्यक्तिले धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। शुक्र ग्रहले आज आफ्नो राशि परिवर्तन गरेको छ। शुक्र मकर राशिमा प्रवेश गरेको छ। ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा शुभ-अशुभ प्रभाव पार्छ। शुक्रको राशि परिवर्तनको कारण केही राशिका लागि शुभ दिन सुरु हुने भएको छ। यी राशि हुनेहरुका लागि नयाँ वर्षको सुरुवात निकै शुभ रहनेछ।

मेष राशि

कार्यस्थलमा सफलता मिल्नेछ। यो समय शिक्षा क्षेत्रसँग आवद्ध व्यक्तिका लागि वरदानभन्दा कम छैन। आर्थिक पक्ष बलियो रहनेछ। यस समयमा गरिएको कामको प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यहरूसँग समय बिताउनुहोस्। मान-सम्मानमा वृद्धि हुनेछ।

मिथुन राशि

लेनदेनका लागि समय शुभ रहेको छ। यस समयमा लगानी गर्दा फाइदा हुनेछ। धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष सुदृढ हुनेछ। नोकरी तथा व्यवसायमा प्रगतिको सम्भावना छ। मिथुन राशिका लागि यो समय वरदान भन्दा कम छैन।

वृश्चिक राशि

यो राशि परिवर्तनले वृश्चिक राशिको जीवनमा खुशी र प्रगति ल्याउनेछ। सरकारी जागिर खोज्नेहरुका लागि पनि समय शुभ रहेको छ। यस अवधिमा पदोन्नतिको अवसर पनि मिल्न सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। कार्यस्थलमा कामको सबैले प्रशंसा गर्नेछन्।

मीन राशि

यस अवधिमा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शुभ रहेको छ। आफ्नो जीवनसाथीसँग समय बिताउनुहोस्। मिहिनेत गर्नाले काममा अवश्य सफलता मिल्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ।

प्रकाशित : बिहिबार, पुष १४, २०७९१७:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२३ मा यी राशिलाई वित्तीय क्षेत्रमा हुनेछ मनग्य लाभ, दिनहरु हुनेछ शुभ!