एजेन्सी- बलिउड स्टार सुशान्त सिंह राजपूतले १४ जुन सन् २०२० मा आत्महत्या गरेका थिए। अभिनेताको मृत्यु भएको दुई वर्ष बितिसकेको छ, तर उनको मृत्यु अझै रहस्यमै छ। सुशान्तको मृत्युलाई आत्महत्या भनिए पनि अभिनेताको परिवारले यसलाई हत्या नै भएको भनिरहेको छ। सुशान्तको केस विगत केही महिनादेखि बन्द थियो तर हालै यो केसले फेरि गति लिएको छ। कूपर अस्पतालका पोस्टमार्टम स्टाफले अभिनेताको हत्या भएको, उनले आत्महत्या नगरेको सङ्केत दिएको भारतीय सञ्चार माध्यामले जनाएको छ।
रियाले सामाजिक सञ्जालमा सार्वजनिक गरिन् पोस्ट
यो सनसनीपूर्ण खुलासा पछि, सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको एक रहस्यमय पोस्ट सार्वजनिक भएको छ। अभिनेत्रीले आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेको सन्देशमा लेखेकी छिन्– ‘तिमी आगोबाट गुज्र्यौ, आँधीबाट जोग्यौ, सैतानलाई जित्यौ, यो याद राख्नु जब तिमी अर्को हुनेछौ, आफ्नो शक्तिमा शङ्का गर।’
सुशान्तको निधनको समयमा रिया र सुशान्त सिंह राजपूत सम्बन्धमा थिए। सुशान्तको मृत्यु प्रकरणमा अभिनेताको परिवारले रिया माथि आरोप लगाएका थिए र अभिनेत्रीलाई धेरै ग:म्भीर आरोप लागेका छन्। सुशान्तका बाबुले रियाकै कारण सुशान्तको मृत्यु भएको आरोप लगाएका छन्। रिया र उनका भाइलाई पनि सुशान्तलाई ड्रग्स दिएको आरोप लागेको थियो। रियालाई पनि तीन महिना जेल सजाय भएको थियो। अहिले रिया जेलबाट बाहिर आएर नयाँ जीवन सुरु गरिरहेकी छिन्।
सुशान्तको पोस्टमार्टम मुम्बईको कपुर अस्पतालमा भएको थियो। हालै यस अस्पतालका एक कर्मचारीको भनाइले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ। ती कर्मचारीले सुशान्तको शव हेरेर आफूलाई आत्महत्याको घटना हो जस्तो नरहेको दाबी गरेका छन्। रुपकुमार शाहले भनेका थिए–जब सुशान्तको मृत्यु भयो, हामीले कूपर अस्पतालमा पोष्टमार्टमका लागि ५ वटा शव राख्यौं। ती मध्ये एक सुशान्तको शव थियो। म मेरो सिनियरकहाँ गएँ र यो आत्महत्याको मामला हो जस्तो लाग्दैन भने। सुशान्तको घाँटीमा दाग झुन्डिएको जस्तो लागेन, तर मेरो सिनियरले यो कुरा स्थगित गरिदिए।