एजेन्सी- बलिउड अभिनेता तथा अभिनेत्रीको तस्बिरहरु हेर्न मानिसहरू निकै मन पराउँछन्। मानिसहरू विशेष गरी उनीहरूको बाल्यकालको फोटोहरूमा धेरै चासो राख्छन् की आफूलाई मन पर्ने अभिनेता तथा अभिनेत्री बाल्यकालमा कस्ता देखिन्थे। अहिलेसम्म धेरै सुपरस्टारका बाल्यकालका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
यस्तै अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको छ। सामाजिक सञ्जालमा एक बच्चाको तस्बिर निकै भाइरल भइरहेको छ, जो आजको समयको बलिउडका चर्चित नायक हुन्। तस्बिरमा यो बालकले फ्रक लगाएको देखिन्छ।
तस्बिरमा देख्न सक्नुहुन्छ एक बच्चा फ्रक लगाएर बसिरहेको छ। त्यो बच्चासँगै उनको छेउमा कुकुर पनि देखिन्छ। त्यो बच्चाले कुकुरलाई धेरै ध्यानपूर्वक हेरिरहेको छ। यो बालक को हो भन्न सक्नुहुन्छ? फ्रक लगाएकी केटीको पोसाकमा देखिने बच्चा अरु कोही नभई अहिलेको समयको बलिउडको चर्चित अभिनेता कार्तिक आर्यन हुन्।
कार्तिक आर्यन अहिले बलिउडका शीर्ष नायक मध्य एक हुन्, जसले शाहरुख-सलमान जस्ता सुपरस्टारहरूलाई हि:ट फिल्म दिने विषयमा पछाडि छोडेका छन्। यसअघि कार्तिकको फिल्म ‘भुल भुलैया २’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। योसँगै हालै ओटीटीमा रिलिज भएको कार्तिकको फिल्म ‘फ्रेडी’ पनि मानिसहरुले निकै रुचाएका थिए।