दीपिका पादुकोणले कहिल्यै गरिनन् सलमानसँग फिल्ममा काम, तोडिन धेरै फिल्मको प्रस्ताव, किन?

एजेन्सी- बलिउड क्षेत्रका अभिनेता सलमान खान र दीपिका पादुकोण सबैभन्दा चर्चित र सर्वाधिक पारिश्रमिक लिने स्टा:र हुन्। दुबै स्टारका फ्यानहरु उनीहरुको पर्दामा हेर्न सधैँ उत्सुकताका साथ पर्खिरहेका हुन्छन्। तर सबैलाई थाहा नहुन सक्छ दीपिका पादुकोण आफैँले धेरै पटक सलमान खानसँग फिल्ममा काम गर्न अस्वीकार गरेकी छिन्।


सलमानले आफ्नो फिल्मबाट बलिउडमा धेरै अभिनेत्रीलाई पहिलो मौका दिएका छन्। उनीसँग काम गर्ने मौका खोज्ने धेरै अभिनेत्री छन्। तर केही अभिनेत्रीहरु पनि छन् जसले उनीसँग काम गर्न अस्वीकार गरेका छन्। जसमध्ये एक हुन् बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण। दीपिकाले बलिउडका लगभग सबै ठूला कलाकारसँग काम गरिसकेकी छिन् तर सलमान खानसँग कहिल्यै काम गरेकी छैनन्।

बलिउड क्षेत्रमा आफ्नो १५ वर्षको फिल्मी करियरमा विश्वभर ठुलो छाप छोड्न सफल दीपिका पादुकोणले आफैँले यो कुरा खुलासा गरेकी छिन्। अभिनेत्री दीपिका पादुकोणले सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन्। दीपिका पादुकोणले बलिउडमा आफूलाई फिल्मको लागि प्रस्ताव गर्ने पहिलो व्यक्ति सलमान खान भएको खुलासा गरेकी छन्

अभिनेत्रीलाई दीपिकालाई सलमानले फिल्मको लागि प्रस्ताव गर्दा उनी मोडल थिइन्। त्यो बेला उनले मोडलिङमा बढी ध्यान दिएकी थिइन्। दीपिकाले त्यति बेला आफूलाई अभिनेत्री बन्ने इच्छा नभएको बताइन्। दीपिकाले त्यो समयमा फिल्म गरेको भए शाहरुख नभई सलमान खानसँग डेब्यु गर्ने बताइन्। सलमान र उनको दुवैको निकै सुन्दर मित्रता रहेको र यसका लागि आफू सधैँ सलमानप्रति आभारी रहने अभिनेत्रीको बताइन्। दीपिकाले सलमानसँग काम गर्न नसक्नु दुःखद भएको बताइन्। तर दीपिकाले कुन फिल्मको कुरा गरिरहेकी छिन् भन्ने बताएकी छैनन्।

प्रकाशित : मङ्गलबार, पुष १२, २०७९१६:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बालक हुन् बलिउडको चर्चित अभिनेता, शाहरुख-सलमानलाई पछि परेका छन्!