एजेन्सी- भारतको बलिउड क्षेत्रको दबंग अर्थात् सलमान खान आज अर्थात् २७ डिसेम्बरमा आफ्नो ५७ औँ जन्मदिन मनाउने भएका छन्। उनले बलिउडमा काम गरेको तीन दशकभन्दा बढी भइसकेको छ। उनले आफ्नो करियरमा थुप्रै सुपर:हिट फिल्म दिएका छन्। उनको फिल्मलाई मानिसहरु उत्सुकताका साथ पर्खिने गर्दछन्।
सलमान खान बलिउडका केही सुपरस्टारमध्ये एक हुन् जसका फ्यान सबै उमेरका हुन्छन्। बालबालिका, जवान, वृद्ध, महिला सबै उनका फ्यान हुन् । सलमान खान एक राम्रो अभिनेता मात्र होइन धेरै शोका निर्माता पनि हुन्। सलमान खानले करियरको सुरुवात मात्र ७५ रुपैयाँ पारिश्रमिकबाट गरेका थिए तर आज उनी करोडौँको सम्पत्तिका मालिक भएका छन्।
सलमान खान ३ हजार करोडभन्दा बढी सम्पत्तिका मालिक हुन्
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने अभिनेता ३ हजार करोडभन्दा बढीको सम्पत्तिका मालिक हुन्। सलमान खानले फिल्ममा अभिनेताको भूमिका मात्रै गर्दैनन्, उनी टिभीको चर्चित रियालिटी शो ‘बिग बोस’ पनि होस्ट गर्छन्। यस बाहेक सलमान खान धेरै ब्रा:न्डको विज्ञापन पनि गरिरहेको देखिन्छ। आज सलमान खान बलिउडका सबैभन्दा महँगा स्टारमा गनिन्छ।
सलमान खानले हरेक वर्ष फिल्म र ब्रान्ड एन्डो:र्समेन्टबाट करोडौँ रुपैयाँ कमाउँछन्। भनिन्छ, सलमान खान बलिउडका महँगा स्टारमध्ये एक हुन्। उनले फिल्ममा काम गरेबापत करोडौँ रुपैयाँ पारिश्रमिक लिने गरेका छन्। रिपोर्टका अनुसार सलमान खानले एउटा फिल्मका लागि ७० देखि ७५ करोड रुपैयाँ लिन्छन्। यसबाहेक उनी आफ्नो कमाइ बाँड्ने गरेका छन्। योसँगै उनले आफ्नो आगामी फिल्म ‘टाइगर ३’का लागि १३० करोड भारु पारिश्रमिक लिएको बताइएको छ।