जीवनमा सधैँ सफलताको शिखरमा पुग्छन् यस्ता मानिस, जसले पालना गर्छन् चाणक्यको यी नियम !

आचार्य चाणक्य एक प्रसिद्ध कूटनीतिज्ञ र रणनीतिकार हुन्। उनले मानव जीवनको बारेमा धेरै कुराहरू बताएका छन्। उनका वचनहरू चाणक्य नीति शास्त्रमा सङ्कलित छन्। भनिन्छ चाणक्यको भनाइलाई पछ्याएर धेरै मानिसहरूले आफ्नो जीवनमा सफलता हासिल गरेका छन्। चाणक्य नीतिका अनुसार आज हामी मानव जीवनका केही यस्ता बानीहरूको बारेमा बत्ताउँछौँ, जसलाई सही ढङ्गले पालना गरेमा राम्रो समयले कहिल्यै साथ छोड्दैन।

आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा केही यस्ता नीतिहरू उल्लेख गरेका छन्, जसलाई अपनाएर मानिसले सफलता प्राप्त गर्न सक्छ। यी कुराहरू पालना गर्नाले मानिस सधैँ सफलताको सिँढी चढ्न थाल्छ।

सबैलाई जीवनमा खराब समय आउने भएको हो भनेर डर लाग्छ। संसारको कुनै पनि व्यक्तिले उसमाथि नराम्रो समय आवस भनेर चाहँदैन। यसका लागि आचार्य चाणक्यको नीति प्रभावकारी हुन सक्छ। चाणक्यका अनुसार यदि आफ्नो बानीमा अलिकति परिवर्तन गरियो भने मानिस सधैँ सफलताको सिँढी चढ्न सकिन्छ।

चाणक्य नीतिका अनुसार सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसमा धैर्यता हो। जस्तोसुकै चुनौती र परिस्थिति आए पनि धैर्यताका साथ सामना गरे सहजै पार गर्न सकिन्छ।

एक व्यक्तिले हतारमा गलत निर्णय लिन्छ र त्यसपछि जीवनभर पछुताउने गर्दछ। जीवनमा सुख र दु:ख आइरहन्छन्। यस्तो अवस्थामा व्यक्तिले सधैँ आफ्नो डरलाई नियन्त्रण गर्नुपर्छ। नडराई परिस्थितिको सामना गर्नुपर्छ।

कुनै पनि काम गर्नु अघि त्यस कम सम्बन्धी योजना बनाइयो भने त्यो व्यक्ति कहिल्यै असफल हुन पर्दैन। यस्तो अवस्थामा जीवनको हरेक चरणमा भविष्यको योजना बनाउनुपर्छ । यसबाट मानिसले हरेक चुनौतीलाई सजिलैसँग सामना गर्न सक्छ ।

प्रकाशित : आइतबार, पुष १०, २०७९१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२३ मा कस्तो रहला धनु राशिलाई, हेर्नुहोस् वार्षिक राशिफल !