सन् २०२३ मा कस्तो रहला धनु राशिलाई, हेर्नुहोस् वार्षिक राशिफल !

अब नयाँ वर्ष सन् २०२३ आउन केही दिन मात्रै बाँकी छ। नयाँ वर्ष सन् २०२३ मा सबै राशिका व्यक्तिले नयाँ आशा, नयाँ सपना, नयाँ लक्ष्य र चुनौतीहरूको सामना गर्ने वर्ष हुनेछ। नयाँ वर्ष २०२३ सबैको जीवनमा धेरै आशाहरू ल्याउने वर्ष हुनेछ। विगतका वर्षमा अधुरा रहेका हाम्रा काम सपना आगामी नयाँ वर्षमा पूरा गर्नु पर्छ भन्ने सबैलाई  लाग्ने गर्दछ।

धनु राशिका व्यक्तिहरू उच्च विचारका हुन्छन्। यस्ता व्यक्तिहरू बुद्धिमान व्यक्तिहरूप्रति सजिलै आकर्षित हुन्छन्। यस राशिका मानिसहरु हृदयदेखि नै सफा र विश्वासयोग्य हुन्छन्। यस राशिका व्यक्तिहरू कार्यस्थलमा असल शिक्षक र दार्शनिक साबित हुन्छन्। धनु राशिका व्यक्तिहरूले भविष्यलाई आशावादी दृष्टिकोणले हेर्छन्।

धनु राशिका व्यक्तिहरू बानी व्यवहारमा धेरै राम्रो र हँसिलो स्वभावका हुन्छन्। यी व्यक्तिहरूले आफ्नो प्रभावकारी, असाधारण र आध्यात्मिक स्वभावले कसैलाई पनि आफ्नोतर्फ आकर्षित गर्छन्। महत्त्वाकाङ्क्षी र अरूको लागि प्रेरणादायक छन्। उनीहरू आफ्नो काम पूर्ण जोस र साहसका साथ गर्छन्।

करियर

वर्षको प्रारम्भमा धनु राशिका व्यक्तिलाई साडेसातीबाट मुक्ति मिल्नुका साथै सुखद सङ्केत मिल्नेछ। नयाँ वर्ष नयाँ उपलब्धि, नयाँ आशाका लागि चिनिनेछ। यो वर्ष यस राशिका व्यक्तिलाई कार्य क्षेत्रमा धेरै सफलता प्राप्त गर्नुहुनेछ, यो वर्ष करियरमा राम्रो अवसरहरू प्राप्त गर्न सक्नुहुनेछ।

सीपको आधारमा जागिर पाउनको यस राशिका व्यक्ति भाग्यशाली हुनुहुनेछ। जसको कारण आत्मविश्वास मात्र बढाउँदैन तर कडा परिश्रम गर्न उत्प्रेरित गर्नेछ। धनु राशिको स्वामी बृहस्पतिले अप्रिलसम्म केही ठूलो कामको सङ्केत गरिरहेको छ। अप्रिल पछि, मेष राशिमा बृहस्पतिको गोचरले धनु राशिका व्यक्तिलाई व्यापारिक मामिलामा आशाजनक सफलता दिनेछ।

परिवार

धनु राशि हुनेहरुको पारिवारिक जीवन यो वर्ष राम्रो रहनेछ । घरपरिवारमा केही शुभ कार्य हुने प्रबल सङ्केत रहेको छ। नयाँ घर किन्ने सोचमा हुनुहुन्छ भने यो वर्ष सफलता मिल्न सक्छ । मातापिताको स्वास्थ्यको बारेमा जुन चिन्ता थियो त्यो यो वर्ष हट्नेछ। आमाबुवालाई धार्मिक यात्रामा लैजान सकिनेछ। अप्रिलसम्मको सन्तानको चिन्ता यस महिनापछि हट्नेछ । यो वर्ष घरपरिवारमा केही शुभ कार्य हुने सम्भावना रहेको छ।

स्वास्थ्य

धनु राशिको लागि स्वास्थ्य यो वर्ष निकै राम्रो रहने देखिन्छ । शनिको साडेसाती समाप्त भएपछि मानसिक चिन्ता हट्नेछ। जसका कारण स्वास्थ्य राम्रो रहनेछ तर पाँचौँ घरमा राहुको गोचरले पेट सम्बन्धी केही समस्या ल्याउन सक्छ। अप्रिलपछि यी समस्याबाट छुटकारा मिल्छ तर खानपानमा ध्यान दिनु पर्ने छ। घरको वातावरण राम्रो भए मानसिक सुख शान्ति कायम रहन्छ।

शिक्षा

धनु राशिका व्यक्तिहरूले यस वर्ष शिक्षा क्षेत्रमा थप मेहनत गर्नुपर्नेछ। एकाग्रता तोड्न नदिनुहोस्। पाँचौँ घरमा राहुको गोचरले एकाग्रतामा बाधा पुर्‍याउँछ। अप्रिल महिनामा यस राशिको कुण्डलीको पाँचौँ घरमा देवगुरु बृहस्पति गोचर हुने बित्तिकै तपाईलाई शिक्षाको मामिलामा सफलता पाउनुहुनेछ। कुनै पनि उच्च संस्थानमा भर्ना हुने सपना यो वर्ष पूरा हुन सक्छ।

उपाय

भगवान विष्णुलाई पहेँलो फूलको माला चढाएर वर्षको सुरुवात गर्नुहोस् र हरेक बिहीबार गाईलाई हरियो घाँस, सखार आदि खुवाउनुहोस्। घरबाट टाढा पार्क वा मन्दिरमा पीपलको रूख रोप्नुहोस् र हरेक बिहीबार पूजा गर्नुहोस्।

प्रकाशित : आइतबार, पुष १०, २०७९११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केही दिनमा ‘लक्ष्मी नारायण राज योग’ बन्दै, यी ३ राशि हुनेछन् हुनेछ लाभै-लाभ !