धार्मिक मान्यता अनुसार महापुराण मानिने गरुड पुराणमा यस्ता धेरै कुराहरु बताइएका छन् जसको पालना गर्दा घरमा अपार सुख–समृद्धि प्राप्त हुन्छ । यससँगै केही यस्ता बानीहरू पनि बताइएका छन्, जसबाट सधैँ टाढा रहन भनिएको छ। मानिसहरुको यस्ता खराब बानीले माता लक्ष्मी क्रोधित हुन्छिन् र मानिस सधैँ पैसाको कमीको सिकार बन्छ। जान्नुहोस् यी कामहरू के हुन्, जसलाई पालना माता लक्ष्मी क्रोधित हुन्छिन्।
अपशब्द: अरुलाई नराम्रो बोल्ने मानिस माता लक्ष्मीलाई कहिल्यै मन पर्दैन । धनकी देवी माता लक्ष्मीले नराम्रो बोल्ने वा कडा बोल्ने मानिसलाई कहिल्यै दया देखाउँदिनन्। त्यसैले सधैँ नम्र हुनुहोस् र ठुला-साना सबैलाई आदरपूर्वक व्यवहार गर्नुहोस्।
फोहोर लुगा लगाउने मानिस: फोहोर लुगा लगाउने र फोहोरमा बस्नेहरूसँग माता लक्ष्मी सधैँ क्रोधित हुन्छिन् । यस्ता मानिसलाई आशिष् कहिल्यै लाग्दैन । जतिसुकै मेहनत गरे पनि जीवनमा सुख र समृद्धि आउँदैन । यस्ता व्यक्तिहरूलाई माता लक्ष्मीले कहिल्यै आशीर्वाद दिनन् । त्यसैले दिनहुँ नुहाउने, वरपर सफा राख्ने र पुरानो होस् य नयाँ कपडा सफा गरेर मात्र लगाउने गर्नुपर्छ ।
ढिलोसम्म सुत्ने मानिसः सूर्योदयपछि पनि सुत्ने मानिसले जीवनमा कहिल्यै सुख, सफलता, समृद्धि र राम्रो स्वास्थ्य पाउन सक्दैनन् । यस्ता मानिसहरूले आफ्नो जीवन दुःख र गरिबीमा बिताउँछन्। त्यसै गरी सूर्यास्तको समयमा सुत्ने मानिससँग माता लक्ष्मी पनि क्रोधित हुन्छिन् । माता लक्ष्मी कहिले यस्ता मानिसको घरमा बस्दिनन् । जहाँ साँझको समयमा सुत्नु हुँदैन किनकि यो समय घरमा माता लक्ष्मीको आगमन हुने समय हो ।