भाग्य चम्किन्छ गुलाबको फूलसँग सम्बन्धित यी वास्तु उपायले, नोकरी-व्यवसायमा मिल्छ सफलता!

पछिल्लो समयमा घर भित्र र बाहिर सजावटको लागि विभिन्न प्रकारका बिरुवा रोप्ने गरिन्छ। यी बिरुवाहरूले घरमा हरियाली मात्र ल्याउँदैनन् घरमा सकारात्मक ऊर्जाको प्रवाह पनि बढाउँछन्। वास्तुशास्त्रमा गुलाबको फूलको बारेमा धेरै कुराहरू बताइएका छन्। वास्तुका अनुसार गुलाबको फूल भाग्य, सुख र समृद्धिको प्रतीक हो।

जसको काम बिग्रँदै गएको छ, उनीहरुले गुलाबको फूलसँग सम्बन्धित केही उपाय अपनाएमा जीवनलाई सरल बनाउन निकै सहज हुन्छ । आज हामी तपाईलाई गुलाबसँग सम्बन्धित धेरै विशेष उपायहरूको बारेमा बताउलेछौँ।

मनोकामना पूरा गर्नको लागि

वास्तुशास्त्र अनुसार जीवनमा कुनै पनि प्रकारको सङ्कटबाट बच्न शनिबार मन्दिरमा गएर हनुमानजीलाई रातो चोला, सिँदूर र तोरीको तेल चढाउनुहोस्। यसका साथमा गुलाबको फूलको माला लगाइदिनुहोस् र मुगुको लड्डु चढाउनुहोस्। यो उपाय लगातार ७ शनिबार गर्नाले मानिसको जीवनका सबै मनोकामना पूरा हुन थाल्छ।

समृद्धिको उपाय

यदि तपाई आर्थिक संकटको सामना गर्दै हुनुहुन्छ भने शुक्रबार मन्दिरमा जानुहोस् र माता लक्ष्मीलाई रातो गुलाबको फूल चढाउनुहोस्। यो उपाय लगातार ११ शुक्रबार गर्नाले घरमा धनको प्रवाह बढ्छ र नोकरी-व्यवसायमा प्रगति हुन्छ। यससँगै परिवारमा पनि एकता बढ्न थाल्छ।

ऋणबाट मुक्ति पाउन

वास्तुशास्त्रका अनुसार यदि कुनै व्यक्ति ऋणमा डुबेको छ भने उसले गुलाबको फूलको वास्तु उपाय अपनाएर यसबाट मुक्ति पाउन सकिन्छ। यसका लागि साझा आरतीको समयमा गुलाबको फूलमा कपूर राखेर जलाउनुहोस् र पछि त्यो फूल माता लक्ष्मीलाई अर्पण गर्नुहोस्। भनिन्छ यो उपाय गर्नाले बिस्तारै ऋणको बोझ कम हुन थाल्छ।

प्रकाशित : शुक्रबार, पुष ०८, २०७९१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गणेश चतुर्थीमा बन्दैछ सर्वार्थ सिद्धि योग, यसरी गर्नुहोस् पूजा पूरा हुनेछन् मनोकामना !