यी दिनहरुमा नङ काट्नु मानिन्छ निकै अशुभ, हुन्छ आर्थिक समस्या साथै मिल्छ अशुभ फल !

चिकित्सा विज्ञानका अनुसार नङ मृत कोशिकाबाट बनेको हुन्छ तर यसले हाम्रो हात र खुट्टाको सौन्दर्य बढाउँछ। साथै, धर्म शास्त्रहरूमा नङ र कपालको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताइएका छन्। नङ काट्ने सम्बन्धमा धेरै नियमहरू छन्। यी नियमहरू पालना गर्दा धेरै फाइदाहरू हुन्छ।  आज हामी ज्योतिष र वास्तु शास्त्रमा नङ काटनसँग सम्बन्धित केही नियमहरूको बारेमा जान्दछौँ, जसमा नङ काट्ने सही दिन, मिति र समय उल्लेख गरिएको छ।

शनिसँग सम्बन्धित छ नङ

ज्योतिष शास्त्रका अनुसार कपाल र नङको सम्बन्ध शनिसँग छ। यदि नङ र कपाल सफा गरिएन भने शनिदेव क्रोधित भएर अशुभ फल दिने मान्यता रहेको छ। जसका कारण जीवनमा अनेक प्रकारका समस्या आउन थाल्छन्। त्यसैले नङको सरसफाइ र नङ काट्ने दिन र समयमा ध्यान दिनु जरुरी छ । अन्यथा मानिसले गरिबीमा दिन बिताउनु पर्छ।

कुन दिन नङ काट्नु हुँदैन ?

नङ काट्ने सम्बन्धमा ज्योतिषशास्त्रले मंगलबार, बिहीबार र शनिबार नङ काट्न नहुने बताएको छ । यसो गर्नाले मंगल, बृहस्पति र शनि ग्रहले अशुभ फल दिन थाल्छन्। कमजोर मंगलले विवाह, धन र पराक्रममा कमी जस्ता समस्याहरू निम्त्याउँछ। त्यस्तै बिहीबार नङ काट्नु दुर्भाग्य निम्त्याउने काम हो। शनिबार नङ काट्दा शनि क्रोधित हुन्छन्। धनको हानि हुन्छ र गरिबी फैलिन थाल्छ । यस बाहेक चतुर्दशी र अमावस्या तिथिमा पनि नङ काट्न निषेध गरिएको छ। चतुर्दशी र अमावस्याका दिन नङ वा कपाल काट्दा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। त्यसै गरी सूर्यास्तपछि नङ काट्दा मानिसलाई गरिब निम्त्याउँछ।

कुन दिन नङ काट्ने ?

ज्योतिषशास्त्रका अनुसार सोमबार, बुधवार, शुक्रबार र आइतबार नङ काटनका लागि उपयुक्त दिन मानिन्छ । आजभोलि नङ काट्दा कुनै समस्याको मान्यता राखिँदैन। त्यस्तै नङ काट्ने सबैभन्दा शुभ दिन आइतबार हो । यस दिन नङ काट्दा गरिबी हट्छ । मानिसको लागि पैसाको कहिल्यै कमी हुँदैन, साथसाथै जीवनमा सधैँ सकारात्मकता रहन्छ। साथै दिनको समयमा सधैँ नङ काट्नुहोस्।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७९११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सपनामा परिवारसँग बसेर खान खाएको सपना देख्नुभयो? जान्नुहोस् शुभ वा अशुभ के हुन्छ?