सपनामा परिवारसँग बसेर खान खाएको सपना देख्नुभयो? जान्नुहोस् शुभ वा अशुभ के हुन्छ?

मानिसले सुतेपछि अनेक प्रकारको सपना देख्ने गर्दछन् । कुनै सपना याद हुने गर्दछ भने कुनै बिर्सिने गरिन्छ। कहिल्यै आफ्नो सम्पूर्ण परिवारसँग खाना खाएको सपना देख्नुभएको छ? सपना शास्त्रका अनुसार, यो सपनाले सङ्केत गर्दछ कि तपाईको मन तपाईको परिवारको पुनर्मिलनको लागि पर्खिरहेको छ। सामान्यतया, यस्ता सपना देख्नेहरू प्रायः ती व्यक्तिहरू हुन् जो धेरै वर्षदेखि घरबाट टाढा वा परिवारका सदस्यहरूबाट टाढा छन्।

यस बाहेक, यो सपनाले निकट भविष्यमा तपाईको सम्पूर्ण परिवारको पुनर्मिलन हुन सक्ने सङ्केत पनि गर्दछ, जुन ठूलो खुसीको राम्रो सङ्केत हो। कतिपय मानिसहरु यस्तो सपना देख्नुको अर्थ तपाईको आम्दानी धेरै हुनेछ र यसरी तपाईको सम्पूर्ण परिवारको जीवनस्तरमा पनि धेरै सुधार आउने मान्यता रहेको छ।

सम्पूर्ण परिवार सँगै देख्नु
सपनामा सम्पूर्ण परिवार सँगै देख्नुको अर्थ तपाईलाई सहज र सुखी बाल्यकाल सम्झना गर्नु भएको हुनसक्छ।

टाढाबाट परिवारका सदस्यलाई देख्नु
सपनामा एक छेउमा उभिएर आफ्नो परिवारलाई टाढाबाट हेर्नुको अर्थ हो कि तपाई भावनात्मक रूपमा आफ्नो परिवारबाट अलग हुनुहुन्छ।

आफन्तहरूलाई भेट्न
सपनामा आफन्तहरूलाई सँगै भेट्ने सम्पूर्ण परिवारको सपना देख्नु भयो भने परिवारको ज्येष्ठ सदस्य तथा एक वृद्ध व्यक्ति विशेष गरी तपाईको बारेमा चिन्ता गर्दै हुनुहुन्छ।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७९१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषमा भन्दा महिलाहरूमा हुन्छ यस्ता कुरामा ६ गुणा बढी इच्छा शक्ति, जान्नुहोस् !