यस्ता ३ गुण भएका व्यक्तिले जीवनभर समाजमा मान-सम्मान पाउँछन्- चाणक्य नीति !

अहिलेको समयमा आचार्य चाणक्यको नीति शास्त्रको पहिले जत्तिकै मान्यता राख्ने गरिन्छ। करिब ३००० वर्ष पहिले भारतमा जन्मेका आचार्य चाणक्यले नीति शास्त्र नामक पुस्तक लेखेका थिए जसलाई चाणक्य नीति पनि भनिन्छ। यस पुस्तकमा उनले जीवन, समाज, राजनीति र राष्ट्रसँग सम्बन्धित यस्ता रहस्यमय कुरा लेखेका छन्, जुन सयौँ वर्षपछि पनि सान्दर्भिक छन् ।

उनले आफ्नो पुस्तकमा पुरुषका यस्ता ३ गुणहरू वर्णन गरेका छन्, जुन गुण भएका कुनै पनि व्यक्तिलाई महान् बन्छन्। त्यस्ता व्यक्तिहरूले सबै ठाउँमा सम्मान पाउँछन् र समाजमा उनीहरूको छुट्टै स्थान हुन्छ।

हरेक सम्बन्धमा ग:म्भीर रहने

आचार्य चाणक्य भन्छन् कि जसले आफ्नो जिम्मेवारी बिना स्वार्थ पूरा गर्छ र सम्बन्धको सम्मान गर्न जान्दछ। उसले हरेक सम्बन्धलाई इमानदारीपूर्वक व्यवहार गर्छ र कसैलाई भेदभाव गर्दैन। त्यस्ता व्यक्तिले सर्वत्र सम्मान पाउँछन्। सबै उसको नजिक हुन् मन पराउँछन्। यस्ता व्यक्तिको भनाइ राम्ररी सुनिन्छ र उनको भनाइलाई कार्यान्वयन पनि गरिन्छ ।

अरूलाई मद्दत गर्न सधैँ तयार हुने व्यक्ति

अरूलाई सहयोग गर्न सधैँ तत्पर रहने व्यक्ति आफ्नै मुखबाट आफ्नो गुणको कुरा गर्दैनन्, त्यस्ता व्यक्तिहरू सबैको प्रिय बन्छन् । यस्ता व्यक्तिले आफ्नो राम्रो व्यवहार र कर्मका कारण सर्वत्र सम्मान पाउँछन्। समाजमा उनको प्रतिष्ठा धेरै बढ्छ। यस्ता मानिसहरू आफ्नो इमानदारीमा सम्झौता गर्दैनन्। त्यस्ता मानिसलाई सज्जन भनिन्छ। त्यस्तै यस्ता मानिसलाई सर्वत्र सम्मान गरिन्छ।

कठिन परिस्थितिमा पनि धैर्यता नछोड्ने व्यक्ति

महान् व्यक्तिले चाणक्य नीति अनुसार प्रतिकुल परिस्थिति र ठुलो सङ्कटमा पनि धैर्य हार्दैन । यस्तो अवस्थामा पनि उसले आफ्नो इज्जत छोड्दैन भने यस्ता मानिस महान् भन्न लायक छन्। यस प्रकारको व्यक्तिले हरेक परिस्थितिमा आफ्नो मन र दिमागलाई नियन्त्रणमा राख्छ। न त खुसीको बेला धेरै उत्साहित हुन्छन् न दु:खमा धेरै निराश हुन्छन् । यस्ता मानिस समाजलाई उज्यालोको किरण जस्तै मार्गदर्शन गर्छन्।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७९११:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी दिनहरुमा नङ काट्नु मानिन्छ निकै अशुभ, हुन्छ आर्थिक समस्या साथै मिल्छ अशुभ फल !