पुस महिनाको पहिलो दिन नै घट्यो सुनको मूल्य, एक साता भन्दा बढी समयकै सस्तो भयो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मङ्सिर महिनाको अन्तिम दिन घटेको सुनको मूल्य पुस महिनाको पहिलो दिन पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। आज छापावाला सुन ९९ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि नेपाली बजारमा ४ सय रुपैंयाँले नै घटेको महासंघले जनाएको छ। आज तेजाबी सुन तोलाको ९९ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य बिहिबार तोलामा ७ सय रुपैंयाँले घटेको थियो। महासंघको तथ्यांक अनुसार आज कायम भएको सुनको मूल्य मङ्सिर २२ गते यताकै सस्तो रहेको छ।

यस साता सुनको मूल्य

यस साता छापावाला सुन घटीमा ९९ हजार ९ सय देखि १ लाख १ हजार रुपैंयाँमा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ९९ हजार ४ सय देखि १ लाख ५ सय रुपैंयाँ सम्ममा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, पुष ०१, २०७९११:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजदेखि यस्ता सवारीसाधन माथि भट्टाभट कारवाही, एक लाखसम्म जरिवाना !