आजदेखि यस्ता सवारीसाधन माथि भट्टाभट कारवाही, एक लाखसम्म जरिवाना !

काठमाडौं, वातावरण विभागले १ पुसदेखि प्रदूषण जाँचपास नभएका सवारीसाधनहरूलाई कडाइ गर्ने भएके छ । वातावरण विभागले गत २२ मंसिर नै सूचना जारी गरेर १ पुसपछि नियमित जाँच हुने तथा त्यसमा पास नभएका सवारीसाधनलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको थियो ।

आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने विभागले सूचना जारी गरेकाे छ । सवारीसाधनको मर्मत गर्न र वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा पर्ने भएका छन् । विभागले वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको जनाएको छ ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहाेर जलाउने तथा खुलारूपमा फोहाेर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारूपमा फोहाेर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।

प्रकाशित : शुक्रबार, पुष ०१, २०७९१२:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘चोर ग्याङ्ग’ पक्राउ, चोरी गरेका गहना बेच्थे पगालेर !