नयाँ वर्ष २०२३ सुरु हुन अब केही दिन मात्रै बाँकी छ। नयाँ वर्षलाई लिएर हरेक मानिसको मनमा नयाँ वर्ष कस्तो रहला भन्ने प्रश्न उठेको हुन्छ। ज्योतिषीहरूका अनुसार नयाँ वर्षमा ग्रह र नक्षत्रको स्थिति केही राशिका लागि लाभदायक रहनेछ। नयाँ वर्षमा यी राशि भएका व्यक्तिहरूले आफ्नो करियरमा सफलताका साथै आर्थिक क्षेत्रमा लाभ मिल्नेछ। यी राशिका बारेमा जान्नुहोस्-
मिथुन राशि
सन् २०२३ को पहिलो शुभ राशि मिथुन राशि हो। २०२३ मा हरेक क्षेत्रमा सफलता मिल्नेछ। जनवरी महिनापछि मात्रै भाग्यमानी हुन सक्छ। नयाँ कुरा सिक्ने मौका मिल्नेछ। करियरमा नयाँ अवसर मिल्नेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। मिहिनेतको पूरा फल मिल्नेछ।
वृश्चिक राशि
नयाँ वर्ष २०२३ मा वृश्चिक राशिका व्यक्ति भाग्यशाली साबित हुनेछन्। नयाँ वर्षले तपाईंको जीवनमा खुशी ल्याउँनेछ। काममा आउने समस्याबाट मुक्ति मिल्नेछ। ऋणबाट मुक्ति पाउन सकिन्छ। लगानीका लागि नयाँ वर्ष लाभदायी रहनेछ। रोकिएको धन प्राप्त हुनेछ।
तुला राशि
२०२३ मा तपाईंको आर्थिक प्रगति निश्चित छ। यो वर्ष तपाईंको सुखसुविधा बढ्नेछ। आर्थिक रुपमा सन् २०२३ लाभदायी रहनेछ। व्यवसायमा शुभ फल मिल्नेछ। मार्च पछि शुभ समाचार प्राप्त हुन सक्छ। काम गर्नेहरुले नयाँ करियरको विकल्प पाउनेछन्। पैसा आउने क्रम जारी रहनेछ।
कुम्भ राशि
कुम्भ राशि सन् २०२३ को भाग्यशाली राशि मध्ये एक हो। यो वर्ष तपाईंको धन सम्बन्धि हरेक समस्या हट्नेछ। माता लक्ष्मीको कृपा वर्षभर रहनेछ। यो वर्ष घर, जग्गा वा सवारी साधन खरिद गर्न सकिनेछ। सासु-ससुरा पक्षबाट लाभ मिल्नेछ। आम्दानी बढाउने एकभन्दा बढी अवसर मिल्नेछ। आर्थिक क्षेत्रमा यो वर्ष लाभदायी हुने देखिन्छ।