सुरु हुने लागेको २०२३ अत्यन्त कष्टकर रहनेछ यी ४ राशिलाई, आउँनेछन् अनेक समस्या !

नयाँ वर्ष २०२३ धेरैका लागि खुशीको उपहार ल्याउने छ भने केहीलाई नयाँ वर्षमा समस्याको सामना गर्नुपर्नेछ। २०२३ मा ग्रह र नक्षत्रको स्थितिले केही राशिका व्यक्तिहरूलाई नराम्रो असर पार्नेछ। ज्योतिषीय हिसाबले नयाँ वर्ष २०२३ मा ग्रह र नक्षत्रको स्थितिका कारण केही राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ। यी रशिका बारेमा जान्नुहोस्-

वृष राशि

वृष राशिका व्यक्तिहरूले नयाँ वर्ष २०२३ मा सावधानी अपनाउनु पर्ने देखिन्छ। यो वर्ष तपाईंको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ। दाम्पत्य जीवनमा समस्याको सामना गर्नु पर्नेछ। भावनामा फसेर कुनै पनि निर्णय नगर्नुहोस्। काममा व्यस्तता रहनेछ। आर्थिक क्षेत्रमा समस्या आउनेछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूलाई २०२३ मा सावधान रहन सल्लाह दिइन्छ। ज्योतिष शास्त्रका अनुसार नयाँ वर्षमा जीवनसाथीको स्वास्थ्यलाई लिएर मानसिक तनाव हुन सक्छ। आर्थिक स्थितिमा नकारात्मक असर पर्नेछ। अनावश्यक खर्चले सताउनेछ। कसैलाई विश्वास गर्नु अघि राम्ररी सोच्नुहोस्।

कन्या राशि

नयाँ वर्ष २०२३ मा कन्या राशिका व्यक्तिहरूलाई गोप्य शत्रुले सताउन सक्छ। यदि तपाईंलाई कुनै लामो रोगले सताइरहेको छ भने २०२३ मा थप सावधान रहनुहोस्। दाम्पत्य जीवनमा उतारचढाव आउन सक्छ। आर्थिक समस्याको सामना गर्नु पर्नेछ। ऋण लिनबाट बच्नुहोस्।

मीन राशि

मीन राशिका मानिसहरुका लागि सन् २०२३ पीडादायी साबित हुन सक्छ। १७ जनवरी, २०२३ देखि मीन राशिका लागि शनिको साढेसातीको पहिलो चरण सुरु हुनेछ। यस समयमा तपाईंले आर्थिक, मानसिक र शारीरिक समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। अनावश्यक खर्चले मन खिन्न रहनेछ। कार्यस्थलमा समस्या पर्नेछ। सम्बन्धमा मतभेद आउन सक्छ।

प्रकाशित : मङ्गलबार, मङि्सर २७, २०७९१२:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो १२ महिना कस्तो रहला मकर राशिका मानिसलाई, विष्तृतमा जान्नुहोस् आफ्नो भाग्यफल !