नयाँ फिल्ममा साम्राज्ञीको हट एण्ड स्मोकी अवतार, तस्बिर देखेर लोभिए फ्यान्स(हेर्नुस् तस्बिर)

काठमाडौँ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आउँदो फिल्म ‘तिम्रो मेरो साथ’ पुष २९ गते रिलिज हुँदैछ। योसँगै उनका दुई फिल्म रिलिजको तयारीमा छन्। डेढ महिनाको अन्तरालमा यी फिल्म रिलिज हुनेछन्।

हाल फिल्मको छायाँकनमा व्यस्त रहेकी अभिनेत्री साम्राज्ञीको अर्को फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते र ‘लण्डन टु पेरिस’ फागुन ५ गतेबाट प्रदर्शनमा आउनेछन्।

गत मङ्सिर २२ गते बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’ को आइटम सङ ‘जोश छ जवानी’ को सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियोमा साम्राज्ञीमा हट एण्ड स्मोकी अवतार देख्न सकिन्छ। भिडियोमा साम्राज्ञीबाहेक पुष्पा खड्का, सन्दिप क्षेत्री, एमिली लामा लगायत कलाकारको अभिनय रहेको छ। यो फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन्।

२७ वर्षीय अभिनेत्री साम्राज्ञी युवापुस्ताहरुमाझ निकै लोकप्रिय छिन्। साम्राज्ञीले ड्रिम्स(Dreams) बाट चलचित्र यात्राको सुरुवात गरेकी हुन्। पहिलो चलचित्रबाट नै उनले राम्रो ख्याति पाईन् र त्यसपछि कहिल्यै पछाडी फर्केर हेर्नुपरेन्। उनले अहिलेसम्म ए मेरो हजुर २(A Mero Hajur 2), कायारा(Kaira), तिमी सँग(Timi Sanga), इन्टु मिन्टु लण्डन(Intu Mintu Londonma)मा जस्ता चलचित्रमा काम गरेकी छिन् । उनी विभिन्न कारण सञ्चारमाध्यमहरुमा चर्चा र विवादको विषय बन्छिन्। उनी कहिल्यै व*;क्ष_स्थल मुनिको ट्याटु, कहिले पारिश्रमिकका विषय, कहिले प्रेमी देवंश राणासँगको रोमान्सका खबरले सधैँ लाइमलाइटमा रहन्छिन्।

सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

प्रकाशित : आइतबार, मङि्सर २५, २०७९१५:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थ-कियाराको विवाहमा गएन यी अभिनेत्रीलाई निम्तो, पाहुनाको सूचिबाट हटाइयो नाम !