एजेन्सी- अहिले चलचित्र क्षेत्रमा विवाहको सिजन चलिरहेको छ । हालै हंसिका मोटवानीले आफ्नो लामो समय देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी थिइन् । अब कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा दुवैको परिवारले बिहेको तयारी पनि सुरु गरिसकेको छ । यसैबिच, यो जोडीको विवाहमा उपस्थित हुने पाहुनाको सूचि सार्वजनिक भएको खबर आएको छ ।
यस सूचीमा धेरै बलिउड कलाकारको नाम समावेश गरिएको छ तर सिद्धार्थ मल्होत्राको साथी र केही अभिनेत्रीको नाम यस सुचीमा छैन। भारतीय मिडिया रिपोर्टको विश्वास गर्ने हो भने, कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको विवाहको सूचीमा धेरै कलाकारको नाम समावेश छ। सूचीमा पहिलो नाम करण जौहरको छ ।
उनीहरु बाहेक विक्की कौशल, कट्रिना कैफ, वरुण धवन, ज्याकी भगनानी र रकुल प्रीत सिंह पनि अतिथि सूचीमा परेका छन् । तर सबैभन्दा चकित पार्ने कुरा के छ भने पाहुनाको सूचीमा आएका सबै नाममा आलिया भट्टको कतै पनि नाम उल्लेख छैन ।
हालसालै कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको विवाह हुने स्थान तय भएको खबर आएको थियो। मिडिया रिपोर्टका अनुसार यो जोडीले विवाहको लागि ठाउँ तय गरिसकेको छ। सिद्धार्थ र कियाराको विवाह चण्डीगढको ग्रा:-न्ड होटल ओबेरोय सुखविलासमा हुनेछ । चण्डीगढमा विवाह गरेका कारण अभिनेताको परिवार दिल्लीमा छ । वास्तवमा, चंडीगढ़ दिल्लीको नजिक छ। यस्तो अवस्थामा सिद्धार्थका आफन्तहरूलाई दिल्लीदेखि चण्डीगढसम्म यात्रा गर्न सजिलो हुनेछ।