देउवालाई भित्रैबाट डर !

काठमाडौं । भर्खरै सम्पन्न संविधान सभाको निर्वाचनको परिणाम अनुसार नेपाली कांग्रेस पहिलो शक्तिको रुपमा दरिएकोे छ । एकल बहुमत नआए पनि गठबन्धन गरेर चुनाव लडेको कांग्रेस सिट संख्याका आधारमा पहिलो पार्टी बनेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा छ । तर, पार्टी भित्र प्रधानमन्त्रीका थुप्रै आकांक्षी छन् । देउवा बाहेक अन्य नेताहरु क्रमश रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, शशांक कोइराला र शेखर कोइराला प्रधानमन्त्रीका आकांक्षी बनेका छन् । चुनावी अन्तिम परिणाम नआउँदै नेताहरुले आफूलाई प्रधानमन्त्रीका आकांक्षी बनाईसकेका थिए । तर, यतिबेला आकांक्षी भित्रै द्वन्द्व सिर्जना भएको छ ।

खासगरी भर्खखरै सकिएको निर्वाचनमा नेपाली कांग्रेस ठूलो पार्टी बने पनि उसलाई सरकार बनाउन अंकगणीतीय हिसावमा सरकार बनाउन एक सय ३८ सिट चाहिन्छ । तर, पार्टी भित्रै आन्तरिक द्वन्द्व बढेपछि कांंग्रेस सभापति देउवा संख्यात्मक रक्षाका लागि दबाबमा छन् । कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनाउन एमाले, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा बाहेक अन्य राजनीतिक शक्तिलाई आफूतिर तान्नुपर्ने देखिन्छ । तर, पार्टी भित्रै टकरावका कारण देउवाले आफ्नो पक्षमा बहुमत दिलाउन सकिरहेका छैनन् ।

यसअघि देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै प्रस्तावमा प्रधानमन्त्री चयन भएका थिए । यतिबेला प्रचण्ड सकेसम्म आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने दबाब देउवालाई दिएका छन् । तर, पार्टी भित्रको दबाबका कारण देउवा सकेसम्म आफैं प्रधानमन्त्री बन्ने दाउमा छन् । प्रधानमन्त्री बन्न सुरुमा संसदीय दलको नेता चयन हनुपर्छ । संसद सुरु भएपछि दावी हुने संसदीय दलको चुनावमा देउवा पराजित हुने अवस्था आएमा उनी अफ्ठयारोमा पर्ने देखिन्छ ।

समानुपातिक सिट संख्या अनुसार कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी केन्द्र तथा केही साना पार्टीको समर्थन भएमा देउवा प्रधानमन्त्री बन्न समस्या छैन । तर कांग्रेसभित्रै पुस्तान्तरण गर्नुपर्ने भन्दै महामन्त्री गगन थापा जबरजस्त प्रधानमन्त्री बन्ने दाउमा छन् ।

यतिबेला कांग्रेस सरकार बनाउन तत्पर देखिन्छ । एमालेले त आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएको छ । एमालेका नेता विष्णु पौडेलले एमाले प्रतिपक्षमा बस्ने बताइसकेका छन् । उनले हाल पाएको जनमत अनुसार एमाले प्रतिपक्षमै बस्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको निर्णय अनुसार प्रधानमन्त्री कस्को भागवण्डामा पर्छ उही पार्टीले प्रधानमन्त्री पाउने बताईरहेका छन् ।यद्यपी उनी आफ्नै नेतृत्वमा सरकार बनाउने योजनामा छन् । कांग्रेसलाई दबाब दिन प्रचण्डले सरकार बनाउन सबै पार्टीसँग विकल्प खुला रहने निर्णय गराए । उनले एमालेसँग पनि सत्ता समिकरणको सहकार्य हुनसक्ने निर्णय भएको विषय पार्टीका प्रवक्ता कृष्णबहादुर महराको मुखबाट भन्न लगाए । तर, नेपाली कांग्रेसले तत्कालै असहमति जनाएपछि उक्त निर्णय नभएको भन्दै अन्य नेताको मुखबाट भन्न लगाए ।

कांग्रेसमा सरकारमा जाने नेतृत्व युवा हुनुपर्छ भन्ने दबाब छ । नेता प्रकाशमान सिंहले पार्टी भित्र जो संसदीय दलको नेता चुनिन्छ उ नै प्रधानमन्त्री हुने बताए । उनले सौर्यसँग भने,‘ मैले चुनाव लड्दै भनेको थिएँ, नेतृत्व हस्तान्तरणको विषय । तर, संसदीय दलको नेतालाई नै प्रधानमन्त्री बनाउनुपर्ने प्रावधान छ । संसदीय दलको नेतामा को उठ्ने वा नउठ्ने भन्ने विषय पार्टीसँगै उम्मेदवारको पनि नैतिकताको विषय हो । हेर्दैजाउँ। ’ उनले पार्टी भित्रको आन्तरिक द्वन्द्वको बारेमा पार्टी सभापति देउवा जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित : शुक्रबार, मङि्सर २३, २०७९०८:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रधानमन्त्रीमा गगनको दाबेदारी, तर संसदीय बहुमत भने देउवाको ! कसको समर्थनमा कति सांसद ?