वास्तुशास्त्रमा कुन वस्तु कुन ठाउँमा राख्नुपर्छ र यसका फाइदा र बेफाइदा के-के छन् भन्ने बारेमा भनिएको छ। साथै यसका राम्रा–नराम्रा असरका बारेमा पनि जानकारी दिइएको छ । त्यस्तै पर्समा केही यस्ता सामान राख्नाले आर्थिक हानि हुने मान्यता रहेको छ। प्रायः सबैले पर्समा पैसासँगै धेरै कुरा राख्छन्। वास्तु शास्त्रका अनुसार पर्समा यस्ता सामान राख्नुहुँदैन, कुनै कामको हुँदैन । जान्नुहोस्-
पर्समा च्यातिएको नोटहरू कहिल्यै नराख्नुहोस्
च्यातिएको वा टुक्रिएको नोटहरू पर्समा कहिल्यै राख्नु हुँदैन। यसले आम्दानीमा असर पर्ने विश्वास गरिन्छ । पर्स सधैँ सफा-सग्लो नोट राख्नुपर्छ।
पर्समा माता लक्ष्मीको तस्बिर राख्नुहोस्
वास्तुशास्त्र अनुसार पर्समा पैसा राखिन्छ, त्यसैले पर्समा धनकी देवी लक्ष्मीको फोटो राख्नुहोस् र यसलाई परिवर्तन गरिरहनुहोस्। श्री यंत्र पनि पर्समा राख्नुहोस्। यसबाट लक्ष्मीको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।
पुरानो बिल राख्नु हुँदैन
पर्समा पुरानो बिल राख्नु हुँदैन। वास्तु अनुसार पर्समा यी वस्तु राख्नु अशुभ मानिन्छ। यसबाट माता लक्ष्मी क्रोधित हुनुका साथै पर्समा पैसा बचत हुँदैन भन्ने विश्वास गरिन्छ ।
यस्ता तस्बिर पर्समा नराख्नुहोस्
वास्तुशास्त्र अनुसार पर्समा मृतकको तस्बिर कहिल्यै राख्नु हुँदैन । यी तस्बिर राख्नाले ऋणी बन्न सक्छ भन्ने विश्वास गरिन्छ ।
अक्षता पर्समा राख्नु शुभ मानिन्छ
पर्समा अलिकति अक्षता राख्नुपर्छ । वास्तुशास्त्र र मान्यता अनुसार पर्समा अक्षता राख्दा माता लक्ष्मी प्रसन्न हुन्छिन् । त्यस्तै पर्समा नोट र सिक्का सँगै राख्नु हुँदैन।