यी दुई राशिका व्यक्तिले पक्कै गर्नुहोस् यो ज्योतिषीय उपाय, करियर र व्यापारमा मिल्नेछ सफलता

ज्योतिष शास्त्रमा यस्ता धेरै उपायहरु उल्लेख गरिएको छ, जुन उपाय पालन गर्नाले व्यवसाय र करियरमा सफलता मिल्ने मान्यता रहेको छ। कर्कट र सिंह राशिका मानिसहरुका लागि कुन–कुन उपाय निकै लाभदायक हुने बताइन्छ ।

ज्योतिषशास्त्रका अनुसार कर्कट राशिको स्वामी चन्द्रमा ग्रह हो । अर्कोतर्फ सिंह राशिको स्वामी सूर्यलाई ग्रह मानिन्छ। कर्कट राशिको कुण्डलीमा चन्द्रमा कमजोर स्थितिमा छ भने सिंह राशिमा सूर्य कमजोर स्थितिमा छ भने समस्याको सामना गर्नुपर्ने हुन सक्छ। त्यस्तै जसको राशि ग्रह उच्च घरमा वा आफ्नो कुण्डलीमा बलियो स्थानमा छ। उनीहरूले धेरै फाइदाहरू र अन्य सुविधाहरू पनि पाउँछन्।

वैदिक ज्योतिषमा सूर्य ग्रहलाई आत्माको कारक मानिन्छ। सूर्य अन्य ग्रहहरू जस्तो उल्टो चाल चल्दैन । सूर्यले कुण्डलीमा पिताको प्रतिनिधित्व गर्दछ। सिंह राशिका लागि सूर्य स्वामी ग्रह हो। कुण्डलीमा सूर्य शुभ स्थानमा हुँदा व्यक्तिलाई धेरै फाइदा हुने मान्यता रहेको छ।

ज्योतिष शास्त्रका नौ ग्रहहरू मध्ये, चन्द्रमाले सूर्य पछि दोस्रो स्थान ओगटेको छ। चन्द्रमालाई सुख-शान्ति, सम्पत्ति-धन र माता आदिको कारक मानिन्छ। चन्द्रमाको राशि परिवर्तनको अवधि सबैभन्दा छोटो हुन्छ। चन्द्रमालाई महिला ग्रह पनि भनिन्छ। कुण्डलीमा चन्द्रमा दोष भएमा व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । कर्कट राशिको स्वामी ग्रह चन्द्रमा हो।

चन्द्रमाको शान्तिको लागि उपाय

ज्योतिष शास्त्रमा चन्द्र ग्रहको शान्तिका लागि धेरै उपायहरु बताइएको छ । यी उपाय गर्नाले कुण्डलीमा रहेको चन्द्रमाको दोष हट्ने जनविश्वास रहेको छ ।

भगवान विष्णुको पूजा गर्नुहोस्। चन्द्रमाको पूजा गर्नुहोस्। सोमबार दान गर्नुहोस्। मोती रत्न धारण गर्नुहोस्।

सूर्यको शान्तिको लागि उपाय

सूर्य भगवानको आराधना गर्नुहोस्। आइतबार व्रत बस्नुहोस्। आइतबार  रातो रंगको वस्तु दान गर्नुहोस्। बिहान सबेरै सूर्यदेवलाई अर्घ्य दिनुहोस्।

प्रकाशित : बिहिबार, मङि्सर २२, २०७९१७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लगातार नराम्रा सपना देखिरहनु भएको छ, जान्नुहोस् यी सरल ज्योतिषीय उपायहरू