जहाँ यी पाँच चीज हुँदैनन्, आचार्य चाणक्य भन्छन्- तुरुन्तै छोड्नुहोस् यस्ता ठाउँ ।

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा आम जनताको जीवनसँग सम्बन्धित धेरै कुराहरू विस्तृत रूपमा व्याख्या गरेका छन्। चाणक्य नीतिमा उल्लेखित कुराहरू पालना गर्नाले व्यक्तिले सजिलैसँग कुनै पनि समस्याको सामना गर्न सक्ने मान्यता रहेको छ । चाणक्य भन्छन्- जुन देशमा इज्जत हुँदैन, त्यो देश तुरुन्तै छोड्नुपर्छ।
चाणक्य नीति अनुसार जीविकोपार्जनको साधन नभएको, आफन्त नभएको र कुनै पनि गुण प्राप्तिको सम्भावना नभएको देशमा बस्नु उचित हुँदैन । आचार्य भन्छन्, ‘अर्को देश वा ठाउँमा जानुको उद्देश्य त्यहाँ गएर नयाँ कुरा, नयाँ काम वा नयाँ गुण सिक्नुहोस् तर जहाँ यीमध्ये कुनै पनि कुराको सम्भावना छैन, त्यहाँ बस्नुको कुनै अर्थ छैन ।
चाणक्यले भनेका छन्– जुन देशमा ब्राह्मण, राजा, धनी, वैद्य र वेद, नदी छैन, त्यहाँ एक दिन पनि बस्नु हुँदैन। आचार्यले धनाढ्यसँगको व्यापारमा  धन वृद्धि हुन्छ । वेद जान्नेले धर्मको रक्षा गर्छ। राजाले न्याय र शासनलाई स्थिर राख्छ। पानी र सिँचाइका लागि नदी-खोला आवश्यक हुन्छ र रोगबाट मुक्ति पाउन डाक्टर चाहिन्छ । चाणक्य भन्छन्- जहाँ यी पाँच चीज हुँदैनन्, त्यो ठाउँ छोड्नु राम्रो हुन्छ।
प्रकाशित : बुधबार, मङि्सर २१, २०७९१६:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको अशुभ प्रभावबाट छुटकारा पाउन अपनाउनुहोस् यी उपाय, भाग्यको मिल्नेछ साथ !