शनिको अशुभ प्रभावबाट छुटकारा पाउन अपनाउनुहोस् यी उपाय, भाग्यको मिल्नेछ साथ !

धार्मिक मान्यता अनुसार ज्योतिषशास्त्रमा शनिदेवलाई अन्य ग्रहहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण ग्रह मानिन्छ। शनिदेवलाई कर्म अनुसारको  फल दिने देवको रूपमा चिनिन्छ । त्यसैले शनिदेवलाई न्याय र कर्मका देवता भनिन्छ। शनिदेव यमका भाइ र भगवान सूर्य र माता छायाका पुत्र हुन्। ज्योतिषशास्त्रको दृष्टिले शनिलाई सबैभन्दा सुस्त र शक्तिशाली ग्रह मानिन्छ।

विश्वासघात गर्ने, अशुभ कार्य गर्ने, अन्याय गर्नेहरूका लागि शनि देव निकै हानिकारक मानिन्छन् । शनिदेवाले मानिसहरूलाई तिनीहरूकले विगतको जीवनमा र वर्तमान जीवनमा गरेका कर्म अनुसारको फल दिन्छन् । शनिको ढैय्या र साढे सतीले धेरैलाई दिन्छ । शनिको सती साढे सात वर्ष र ढैय्या अवधि साढे दुई वर्षको हुन्छ।

शनिको अशुभ प्रभावबाट बच्ने उपाय   

शनिको साढे सतीको प्रभावबाट पीडित व्यक्तिहरूले हनुमानको जप गर्नुपर्छ। शनिदेवको अशुभ प्रभावबाट छुटकारा पाउन प्रत्येक शनिबार पिपलको रुखमुनि तोरीको तेलको दियो बाल्नु पर्छ । शनिको प्रभाव परेका व्यक्तिहरूले कालो कपडा लगाउनबाट बच्नुपर्छ। शनिको प्रभावबाट बच्नको लागि, मानिसहरूले जुवा, रक्सी र मासु सेवनबाट टाढा रहनुपर्छ।

शनिको अशुभ प्रभावबाट मुक्ति पाउनका लागि आफ्ना कर्मचारी र अन्य आवश्यकतामा परेकाहरूलाई खाना, लुगा र जुत्ता उपहार दिनुपर्छ। शनिदेवको मूर्तिसँग कहिल्यै आँखा नमिलाउनु होला । धार्मिक मान्यता अनुसार अशुभ मानिन्छ । घर वा कार्यस्थलमा शान्त र विनम्र हुने प्रयास गर्नुहोस्। कार्य स्थलमा कहिल्यै कठोर व्यवहार नगर्नुहोस्। तोरीको तेलले भरिएको स्टिलको भाँडोमा आफ्नो छाया हेरेर दान दिनुहोस्। यसलाई छाया दान भनिन्छ।

प्रकाशित : बुधबार, मङि्सर २१, २०७९१६:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि बिहीबार यसरी गर्नुहोस् बृहस्पति देवलाई प्रसन्न, मिल्नेछ माता लक्ष्मीको आशीर्वाद !