एजेन्सी- बलिउड क्षेत्रमा विभिन्न अभिनेता-अभिनेत्रीको प्रेम चर्चा चल्नु कुनै नौलो कुरा हैन। यस विषयमा अहिले एक रियालिटी शोमा पुगेका वरुण धवनले कृति सेननको बारेमा भनेका छन् कि मुम्बई बाहिर कोही हुनुहुन्छ जसको मुटुमा उनी छिन् । उ अहिले दीपिकासँग सुटिङमा व्यस्त छन् । वरुण कसको बारेमा कुरा गर्दै छन् भन्ने अनुमान गर्न फ्यानहरूलाई गाह्रो थिएन। प्रभास र दीपिका फिल्म ‘प्रो:-जेक्ट के’ मा काम गरिरहेका छन् ।
यसैबिच अहिले सामाजिक सञ्जालमा प्रभास र कृति चाँडै नै इन्गेजमेन्ट गर्ने हल्ला फैलिएको छ । रिपोर्टका अनुसार प्रभासले ‘आदिपुरुष’ को सेटमा कृति सेननलाई घुँडा टेकेर प्रपोज गरेका थिए र उनले प्रभासको प्रेम प्रस्ताबलाई स्वीकार गरेकी थिइन् । उनीहरुको सम्बन्धलाई लिएर दुवैका परिवार निकै खुसी छन् । भनिन्छ प्रभास र कृति आफ्नो सम्बन्धलाई अगाडि बढाउन चाहन्छन् । ‘आदिपुरुष’ रिलिजपछि उनीहरुले इन्गेजमेन्ट गर्ने भएका छन् ।
करण जौहरको शोमा खुलासा भएको थियो
करण जौहरको शो ‘कफी विथ करण ७’ कृतिको उपस्थितिपछि कृति सेननको प्रेम सम्बन्धको हल्ला चल्न थाल्यो । कृतिले एक टिभी अन्तर्वार्तामा आफू प्रभाससँग विवाह गर्न चाहन्छु भनी बताएकी थिइन् । अहिलेसम्म प्रभास र कृतिले आफ्नो सम्बन्धको औपचारिक घोषणा गरेका छैनन् । फ्यानहरु उनीहरुको प्रेम सम्बन्धको खुलासाको उत्सुकताका साथ पर्खिरहेका छन् ।
प्रभास र कृति पहिलो पटक ‘आदिपुरुष’ मा सँगै काम गरेका हुन् । फिल्मका निर्देशक ओम राउत हुन् । ‘आदिपुरुष’ को टिजर सार्वजनिक भएपछि यसको चर्को आलोचना भएको थियो । कलाकारहरुको पहिरन-रुप सम्मको विवाद भएको थियो । यसअघि फिल्म जनवरी २०२३ मा आउने थियो, अब जुन २०२३ मा आउनेछ ।