अभिनयमा मात्र हैन पढाईमा पनि अब्बल छन् यी बलिउड स्टार्स, विदेशका टप युनिभर्सिटीबाट लिएका छन् डिग्री

एजेन्सी : आफ्नो शानदार अभिनयले संसारभरका मानिसहरुका मनमा राज गरेका बलिउड सेलिब्रेटीहरु पढाईमा पनि कोहीँभन्दा कम छैनन्। आज हामी तपाईलाई बलिउडका केही चर्चित सेलिब्रेटीहरुको बारेमा बताउन गइरहेका छौँ, जसको अभिनयले धेरै मानिसहरुलाई कायल बनाएको छ तर उनीहरुको शैक्षिक योग्यताबारेमा थाहा पाउनुभएमा तपाई तीनछक्क पर्नुहुनेछ। यी सेलिब्रेटीहरूले अभिनयमा करियर बनाउनुअघि विदेशमा अध्ययन गरेका थिए। आज हामी तपाईलाई यस्तै केही बलिउड स्टारहरुको बारेमा बताउन गइरहेका छौँ।

सारा अली खान(Sara Ali Khan) : –

बलिउड अभिनेत्री सारा अली खान बी टाउनकी प्रतिभाशाली अभिनेत्री हुन्। सारा यतिबेला धेरै चलचित्रमा काम गरिरहेकी छिन्। छोटो समयमै उनले मानिसहरुमाझ राम्रो लोकप्रियता हासिल गरेकी छिन्। सारा अली खानले न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयबाट पोलिटिकल साइन्स र हिस्ट्री  मा डिग्री हासिल गरेकी छिन्। उनले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी थिईन्।

परिणीति चोपडा(Pariniti Chopra) : –

प्रियंका चोपडाकी बहिनी परिणिती चोपडा बलिउड स्टार मध्ये एक हुन् जसले बेलायतको म्यानचेस्टर बिजनेस स्कूल(Manchester Business School)बाट ‘बिजनेस एन्ड फाइनान्स‘ मा ट्रिपल डिग्री लिएकी छिन्।

जाह्नवी कपूर(Janhvi Kapoor) : –

श्रीदेवी र बोनी कपूरकी छोरी जान्हवी कपुरले मुम्बईको धीरुभाई इन्टरनेशनल स्कूलमा पढेकी थिईन्। त्यसपछि उनले अमेरिकाको लस एन्जलसस्थित द ली स्ट्रासबर्ग थिएटर एण्ड फिल्म इन्स्टिच्युट(The Lee Strasberg And Film Institute, Los Angeles, USA) बाट थिएटर र फिल्मसँग सम्बन्धित कोर्स गरेकी छिन्।

वरुण धवन(Varun Dhawan) : –

डेभिड धवनका छोरा वरुण धवन आफ्नो अभिनय र नृत्यका लागि परिचित छन्। अभिनयमा अब्बल हुनुका साथै उनी पढाईमा पनि अब्बल छन्। उनले इङ्गल्याण्डको नटिङ्घम ट्रेन्ट युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्।

सोनम कपूर(Sonam Kapoor) : –

बलिउड अभिनेता अनिल कपूरकी छोरी तथा चर्चित अभिनेत्री सोनम कपुर आफ्नो अभिनयका अलावा आफ्नो फेसन सेन्सका लागि पनि परिचित छिन्। उनले दक्षिण पूर्वी एसियाली देश सिङ्गापूरस्थिति युनाइटेड वर्ल्ड कलेजमा कलार र थियटरको अध्ययन गरेकी थिईन्। त्यसपछि उनी इस्ट लन्डन युनिभर्सिटीमा इकोनोमी र पोलिटिक्स पढ्न भर्ना भईन्।

प्रकाशित : मङ्गलबार, मङि्सर १३, २०७९१६:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लोभलाग्दो अवतारमा देखिए अभिनेत्री उपासना र मलिका, हेर्नुस् तस्बिर