नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेका अभिनेता पल शाह अहिले नाबालिकलाई बला-:त्कार गरेको आरोपमा तनहुँ कारागारमा रहेका रहेका छन्। अभिनेतालाई नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै जेल सजाए सुनेको थियो । केही समय पहिले अभिनेताले आफूलाई नवलपुर जिल्ला अदालतले सुनाएको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदनको माग गरेका छन् ।
अहिले तनहुँ जिल्ला अदालतले मंसिर २५ गतेको लागि पेसी तोकेको छ । यस भन्दा पहिले पनि अभिनेता पेसी तोकिएको समय विभिन्न कारणले स्थगित गरिएको थियो ।
पछिल्लो समयमा अभिनेतालाई भेट्न उनको परिवारका सदस्य, आफन्त, तथा विभिन्न कलाकार तथा फिल्मकर्मी पुग्ने गरेका छन् । यस क्रममा केही दिन पहिले अभिनेता पललाई भेट्न फिल्म निर्माता किरण नेपाली अभिनेतालाई राखिएको कारागार पुगेका थिए । जहाँ उनले अभिनेतासँग सामान्य कुराकानी गरेको निर्माता नेपालीले सञ्चार माध्यमसँग बताएका छन् । पलले अहिले कारागारभित्रै रहेर तीन वटा फिल्मको पटकथा पढिरहेको पनि उनले बताएका छन्।
अहिले फललाई जेल सजाए हुँदा विभिन्न फिल्म निर्माता समस्यामा परेका छन् । भने केही फिल्मको छायाङ्कन बिचमै रोकिन पुगेको थियो । फल शाहलाई कारागारमा भेट गर्न पुगेका निर्माता नेपालीले सञ्चार माध्यमसँग गरिएको संवादमा अहिले अभिनेता शाह कारागार भित्र ३ वटा फिल्मको स्क्रिप्ट पढिरहेको बताएका छन् । यसको साथै अभिनेता पल शाह कारागारभित्रै जिम लगायतका शारीरिक व्यायाम पनि गरिरहेको बताएका छन् ।