‘फेयर एन्ड लभली’ एडबाट चर्चा कमाएकी यामी गौतमलाई लागेको यस्तो कहिल्यै निको नहुने रोग

एजेन्सी : बलिउड अभिनेत्री यामी गौतम नोभेम्बर २८ तारिखबाट ३४ वर्ष लागेकी छिन्। यामीले आफ्नो करियरको सुरुवात टिभी इन्डस्ट्रीबाट गरेकी थिईन्। टिभीमा आफ्नो छाप छोडेपछि यामी बलिउडतिर लागिन्। उनको पहिलो फिल्म ‘विक्की डोनर(Vicky Donor)’ थियो।

आफ्नो ग्ल्यामरस लुक्सले इन्डस्ट्रीमा राज गरिरहेकी यामी पनि कहिल्यै निको नहुने एक घातक रोगबाट ग्रसित छिन्। यसको खुलासा अभिनेत्री स्वयमले गरेकी हुन्। यामीले सामाजिक सञ्जाल पोष्टमार्फत आफू छालाको रोगबाट पीडित भएको बताएकी थिइन् जसको कुनै उपचार छैन। यही रोगका कारण उनलाई अभिनय र मोडलिङको पेशामा निकै समस्या हुन्छ।

यामी गौतमले आफ्नो छालाको रोग ‘केराटोसिस पिलारिस(Keratosis Pilaris)’ भएको खुलासा गरेकी छन्। जसमा छालामा साना पिम्पल र सुख्खापन हुन्छ । उनले लेखेकी छिन् – ‘हेलो इन्स्टा फेमिली, हालै मेरो एक फोटोशूट भएको थियो र तस्बिरहरु पोस्ट प्रोडक्सनको लागि पठाउनु थियो। त्यति नै बेला मैले सोचे कि मैले आफ्नो समस्यालाई स्वीकार गर्नुपर्छ र यसलाई स्वीकार गर्नमा कुनै हानि छैन।’

यामीले लेखेकी छिन् – ‘म किशोरावस्थादेखि केरारोसिस पिलारिस नामक छालाको रोगबाट पीडित छु र अब म यो रोगबारे सबैलाई जानकारी गराउन चाहन्छु। जसलाई यो अवस्थाको बारेमा थाहा छैन, यो रोग लाग्दा स-साना दागहरू देखा पर्छन्। तिनीहरू त्यति नराम्रो हुँदैनन् जति छेउमा भएका आन्टीले तिनीहरूलाई बनाउँछ।’

उनले लेखेकी छिन् – ‘किशोरावस्थामा यो मेरो छालामा भएको थियो र अझै पनि यसको कुनै उपचार भएको छैन्। मैले धेरै वर्षदेखि यो सहेको छु र अन्तमा आज मैले मेरो डर र असुरक्षालाई त्याग्न र मेरो कमजोरीहरूलाई हृदयदेखि स्वीकार गर्ने निर्णय गरे। म तपाईसँग मेरो सत्य साझा गर्न हिम्मत गर्छु।’

टिभी शो र फिल्म बाहेक यामी गौतम ‘फेयर एन्ड लभली’ विज्ञापनका लागि पनि चिनिन्छिन्। यो विज्ञापनबाट यामीले निकै चर्चा पाएकी थिइन्। यामीले २०२१ मा निर्देशक आदित्य धरसँग विवाह गरेकी थिइन्।

प्रकाशित : सोमबार, मङि्सर १२, २०७९१५:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री नोराको अहिलेसम्मको ५ उत्कृष्ट तस्बिर, जसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ !