वर्ष २०२३ यी राशिका लागि रहनेछ निकै भाग्यशाली, के तपाई पनि बन्नुहुनेछ भाग्यमानी ?

काठमाडौँ : अब १ महिनापछि नयाँ वर्ष २०२३ सुरु हुँदैछ। नयाँ वर्षको शुरुवातको सङ्घारमा कुन राशिका लागि नयाँ वर्ष शुभ र कुन राशिका लागि अशुभ भन्ने जिज्ञासा पनि बढेको छ। यो वर्ष धनलाभको पनि अपार योग बनेको छ, जसकारण जीवनमा भरपूर खुशीको आगमन हुनेछ। ग्रह र नक्षत्रको स्थितिमा आएको परिवर्तनका कारण प्रगतिको सम्भावना सृजना भइरहेको छ। यस कारणले धन लाभ पनि हुनेछ र सम्बन्ध पनि बलियो हुनेछ। आउनुहोस् जानौँ कुन राशिका लागि २०२३ भाग्यशाली साबित हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि वर्ष २०२३ शुभ साबित हुनेछ। तर यसका लागि तपाईले आफ्नो सबै काम सही तरिकाले गर्नुपर्छ। तपाईको वरपरका सबै तपाईको मित्र र शुभचिन्तक हुनेछन्। यो वर्ष कसैको भर पर्नु पर्दैन। मिथुन राशि हुनेहरुका लागि सन् २०२३ लाभ र आम्दानीको दृष्टिले निकै शुभ रहनेछ। धन आर्जन गर्ने धेरै अवसर मिल्नेछ।

यो वर्ष तपाईले आफ्नो करियरमा उत्कृष्ट उचाइ हासिल गर्नुका साथै मानिसहरूको अगाडि आफ्नो क्षमता र सीप प्रमाणित गर्न पनि सक्षम हुनुहुनेछ। कार्यस्थलमा प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ। पत्रकारिता, लेखन क्षेत्रमा जान चाहनेहरूका लागि पनि यो वर्ष शुभ रहनेछ। परिवारसँगको सम्बन्ध पनि राम्रो रहनेछ। पार्टनरसँगको सम्बन्ध पनि राम्रो रहनेछ। स्वास्थ्यको दृष्टिले पनि २०२३ साल राम्रो रहने छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशि हुनेहरुका लागि २०२३ आर्थिक रुपमा लाभदायी रहनेछ। तुला राशिका व्यक्तिहरूले नयाँ वर्ष २०२३ को शुरुवातमा घरजग्गा खरिद गर्ने अवसर प्राप्त गर्न सक्छन् वा मनपर्ने कार किन्नेमा सौभाग्य प्राप्त गर्न सक्छन्। धनमाल बढ्ने सम्भावना छ ।  आफ्नो कार्यक्षेत्रमा कडा परिश्रम गर्नुहुनेछ। दाम्पत्य जीवनमा समस्याको अन्त्य हुनेछ र प्रेम सम्बन्ध बलियो हुनेछ।

स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ। सन् २०२३ मा लाभ पनि हुनसक्छ। कसैलाई साँचो प्रेम गर्नुहुन्छ भने घरपरिवारलाई मनाउन सक्षम हुनुहुनेछ। यसबाहेक तपाईंले आफ्नो करियरमा पनि अपार सफलता प्राप्त गर्नुहुनेछ। समग्रमा, २०२३ साल तपाईको लागि धेरै भाग्यशाली रहनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

नयाँ वर्ष २०२३ वृश्चिक राशिका व्यक्तिहरूका लागि राम्रो सुरुवात हुनेछ किनभने तपाई साहस र बहादुरीले भरिपूर्ण हुनुहुनेछ। यो वर्ष तपाईका लागि खुशी ल्याउनेछ। यो वर्ष प्रगतिको राम्रो अवसर मिल्नेछ। साथै, यो वर्ष तपाईका लागि फाइदा लिनको लागि धेरै लाभदायक छ।

यो वर्ष ठूलाबडाको आशिर्वादका साथै भरपूर स्नेह पाउनुहुनेछ। यद्यपि तपाईले अलिकति सावधानी अपनाउनुपर्नेछ। २०२३ साल करियरको हिसाबले राम्रो रहनेछ। २०२३ मा तपाईले धेरै रोजगारीका अवसरहरू प्राप्त गर्नुहुनेछ जसले तपाईको जीवनमा खुशी ल्याउनेछ। यसबाहेक तपाईले व्यापार-व्यवसायबाट पनि मनग्यै फाइदा लिनुहुनेछ। यस बर्षमा तपाईका सबै सपना साकार हुनेछन्। यसका साथै प्रेम सम्बन्ध पनि राम्रो रहनेछ ।

प्रकाशित : आइतबार, मङि्सर ११, २०७९२२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुष १ मा धनु राशिमा गोचर गर्नेछ सूर्य : १२ मध्ये ५ राशिको चम्किनेछ भाग्य, ३ राशिलाई हुनेछ हानि