पुष १ मा धनु राशिमा गोचर गर्नेछ सूर्य : १२ मध्ये ५ राशिको चम्किनेछ भाग्य, ३ राशिलाई हुनेछ हानि

काठमाडौँ : सूर्यलाई सबै ग्रहहरुबीच राजाको दर्जा प्राप्त छ। सूर्यदेवलाई आत्मा, पिता, मान-सम्मान, उच्च सरकारी सेवाको कारक मानिन्छ, यसैकारण यिनको हरेक गोचरको प्रभाव सबै राशिहरुका लागि महत्वपूर्ण हुन्छ। सूर्य पुष १ गते मार्ग संक्रान्तिको दिन धनु राशिमा गोचर हुँदैछ।

धनु राशिमा सूर्यको गोचरले धर्म र आस्था झल्काउनेछ। यो गोचर धर्म गुरु, सामाजिक नेता र राजनेताका लागि अनुकूल साबित हुनेछ। सूर्यको यस गोचरबाट कुन-कुन राशिलाई फाइदा हुन्छ र कुन-कुनलाई हानि पुग्नेछ त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका विद्यार्थीका लागि यो गोचर राम्रो मानिन्छ। यो गोचर कालमा तपाईको प्रेम जीवन सुखद् रहनेछ। परिवारका सदस्यसँग छुट्टीमा जाने योजना पनि बन्न सक्छ। समाजमा तपाईको पिताको मान-सम्मान बढ्नेछ। यस अवधिमा तपाईले आफ्नो व्यापार-व्यवसाय विस्तार गर्न सफल हुनुहुनेछ। आर्थिक हिसाबले सूर्यको यो गोचरमा विगतमा गरेको लगानीबाट लाभ मिल्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका जातकले यस अवधिमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ र आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्नेछ। यो अवधिले तपाईको कार्यक्षेत्रमा समस्या ल्याउन सक्छ। कार्यस्थलमा तपाई विवादमा फस्न सक्नुहुन्छ। आमाबुवाको स्वास्थ्य तपाईका लागि समस्याको कारण बन्न सक्छ। परिवारमा कुनै कुरामा मनमुटावका कारण मन अशान्त रहन सक्छ। सडकमा सवारी चलाउँदा सावधानी अपनाउनु पर्ने देखिन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सूर्यको यो गोचर तपाईको लागि कम फलदायी साबित हुन सक्छ। यद्यपि व्यवसायी वर्गले सजगता अपनाउन जरुरी छ। व्यापारमा घाटा हुन नदिन साझेदारको सहयोग प्राप्त गर्नु आवश्यक छ। यस समयमा स्वास्थ्यमा लापरवाही तपाईंको लागि हानिकारक साबित हुन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यो गोचरकालमा तपाई आफ्ना शत्रुहरुमाथि हाबी रहनुहुनेछ र हरेक क्षेत्रमा सफलता हासिल गर्नुहुनेछ। यद्यपि तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। पारिवारिक जीवन शान्तिपूर्वक व्यतीत हुनेछ। यस समयावधिमा घरको जीर्णोद्धार वा सौन्दर्यीकरण गर्नसक्नुहुन्छ। यस समयमा तपाईका सहकर्मीहरूले तपाईको काममा अवरोध खडा गर्ने प्रयास गर्नेछन्, तर तपाई आफ्नो समझदारीका साथ यस स्थितिको सामना गर्न सफल हुन सक्नुहुन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो गोचर अवधिमा तपाईको आर्थिक स्थिति राम्रो रहनेछ। यसका बाबजुद पनि तपाई आफ्नो आर्थिक अवस्थाबाट सन्तुष्ट हुनुहुनेछैन। यस समयमा तपाई भित्र पैसा कमाउने लालसा बढ्न सक्छ। यो समयमा विशेष गरी धार्मिक कार्यमा तपाईको झुकाव हुन सक्छ। यदि तपाई कसैलाई माया गर्नुहुन्छ भने सूर्यको यो गोचरमा तपाईको प्रेम जीवनमा कठिनाइ आउन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सूर्य गोचरको यो अवधि तपाईको लागि आर्थिक रुपले फलदायी साबित हुन् सक्छ। विवाहित हुनुहुन्छ भने यस गोचर कालमा तपाईको जीवनसाथीलाई कार्यक्षेत्रमा अपार सफलता मिल्न सक्छ। यो गोचरकालमा तपाईले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा सन्तुलन कायम गर्न आवश्यक छ। कन्या राशिका लागि सूर्यको यो गोचरले मिश्रित फल दिनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो गोचरकालमा तपाईको विशेष रुपमा भाग्योदय हुनेछ। भाग्यको साथले जीवनका विभिन्न क्षेत्रमा सफलता पनि मिल्नेछ। तपाईको पारिवारिक जीवन सुखमय व्यतीत हुनेछ। परिवारको सहयोगले आत्मविश्वास बढ्नेछ। कार्यस्थलमा मेहनत र लगनशीलताको आधारमा सफलता हात पार्न सकिनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईको पारिवारिक जीवन धेरै सुखमय व्यतीत हुनेछ। परिवारको सहयोगले आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यस्थलमा मेहनत र लगनशीलताको आधारमा सफलता हात पार्न सकिनेछ। यस अवधिमा आँखाको समस्याबाट बच्न आफ्नो आँखाको विशेष ख्याल राख्नुहोस्। यदि तपाई कसैलाई माया गर्नुहुन्छ भने यो गोचर अवधिमा निराशा हात लाग्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कामकाजी मानिसहरुले आफ्नो कार्यक्षेत्रमा सोचेभन्दा बढी सफलता हात पार्नेछन्। यद्यपि तपाईभित्र अहंकारको भावना उत्पन्न हुन सक्छ, जुन तपाईको लागि समस्याको कारण बन्न सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आर्थिक रूपमा बलियो रहन गोचरको यस अवधिमा आफ्नो खर्चमा केही नियन्त्रण गर्नुहोला। यस समयमा तपाईको मनमा कामुक विचार आउन सक्छ। कसैको गलत सङ्गतमा परेर तपाईले आफ्नो मान-सम्मान गुमाउन सक्नुहुन्छ। यो गोचर कालको अवधिमा संयमित रहनुहोस् र खराब विचारहरु मनमा आउन नदिनुहोस्। प्रेम जीवनको बारेमा कुरा गर्दा सूर्यको गोचर तपाईको प्रेम जीवनको लागि विपरीत साबित हुन सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सूर्यको यस गोचरमा तपाईले लामो समयदेखि प्रतिक्षा गरिरहनु भएको लक्ष्यहरू प्राप्त गर्न सफल हुन सक्नुहुन्छ। आर्थिक मजबूती र कार्यमा प्राप्त हुने सफलताले मन प्रसन्न रहनेछ। सिङ्गल हुनुहुन्छ भने यस अवधिमा तपाईको जीवनमा विशेष व्यक्तिको प्रवेश हुन् सक्छ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका जातकलाई यो गोचरको अवधि विशेष फलदायी साबित हुन् सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

तपाईको लागि सूर्यको गोचर विशेषगरी करियरको हिसाबले फलदायी हुन् सक्छ। कामको खोजीमा हुनुहुन्छ भने यस अवधिमा तपाईको खोजी समाप्त हुन् सक्छ र आफूले चाहेको ठाउँमा काम पाउनुहुन्छ। पारिवारिक जीवन अलि तनावपूर्ण रहनेछ। परिवारमा कुनै कुरामा बुबासँग वैचारिक मतभेद हुन सक्छ। विवाहित हुनुहुन्छ भने गोचर कालमाआफ्नो जीवनसाथीसँग साना कुरामा मनमुटाव हुन् सक्छ। यस अवधिमा व्यवसायीले घाटा बेहोर्नु पर्नेछ।

प्रकाशित : सोमबार, मङि्सर १२, २०७९१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्रको राशि परिवर्तन : यी ४ राशिको बढ्नेछ सुख-सुविधा र धन, बढ्नेछ लोकप्रियता