सफलता पाउन प्रियंका चोपडाले साँच्चै शैतानको पूजा गर्छिन् ?

एजेन्सी : बलिउडकी देशी गर्ल प्रियंका चोपडा एक ग्लोबल स्टार बनिसकेकी छिन्। प्रियंकाले बलिउडदेखि हलिउडसम्म आफ्नो एक अलग पहिचान बनाएकी छिन्। प्रियंकाले सन् २००० मा मिस वर्ल्डको ताज आफ्नो शिरमा पहिरिएकी थिईन्। त्यहीँ क्रममा उनले सन् २००३ मा फिल्म ‘द हिरो’ बाट बलिउडमा कदम राखेकी थिईन्।

प्रियंका चोपडाले फिल्म इन्डस्ट्रीमा आफूले हासिल गरेको स्थानका लागि निकै संघर्ष गरिन्। तर कतिपयलाई लाग्छ प्रियंकाले सफलता पाउनका लागि शैतानको पूजा गर्छिन्। एक पोडकास्टको क्रममा प्रियंकाले यस बारेमा कुरा गरिन् र बताइन् कि उनी वास्तवमै यो गर्छिन्।

जब प्रियंकालाई सोधिन्छ कि उनी शैतानको पूजा किन गर्छिन् ? यो प्रश्न सुनेर प्रियंका हाँस्न थाल्छिन् र भन्छिन्, ‘यो निकै डरलाग्दो छ । शिवजी मसँग रिसाउनुहुनेछ।’

प्रियंका भन्छिन्, “मैले मिस वर्ल्डको उपाधि जितेकी थिएँ। यो जितले फिल्मी करियर बनाउन मद्दत गर्यो, अचानक मानिसहरुले मलाई चिन्न थाले। मलाई फिल्म साइन कसरी गर्ने पनि थाहा थिएन।”

वर्कफ्रन्टको कुरा गर्दा प्रियंका चोपडा पछिल्लो पटक बलिउड फिल्म ‘द स्काई इज पिंक(The Sky Is Pink)’ मा देखिएकी थिइन्। उनी चाँडै नै कट्रिना कैफ र आलिया भट्टसँग ‘जी ले जरा’ मा देखिनेछिन्।

प्रकाशित : आइतबार, मङि्सर ११, २०७९२०:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘फेयर एन्ड लभली’ एडबाट चर्चा कमाएकी यामी गौतमलाई लागेको यस्तो कहिल्यै निको नहुने रोग