रेल्वे कम्पनीमा जागिर खाने अवसर, दरखास्त आह्वान !

काठमाडौँ – नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो ।  कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ ।

रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ । त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । त्यसबाहेक कम्तिमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ ।

सिभिद इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष ट्रयाक इन्जिनियर भई काम गरेको अनुभव चाहिने उल्लेख छ । यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ ।

एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : आइतबार, मङि्सर ११, २०७९१०:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो !