घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो !

काठमाडौं,  सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार आइपुग्दा घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आइतबार यो ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदी पनि सस्तिएको छ । आइतबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ सस्तो भएको हो । महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य एक हजार दुई सय ९५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित : सोमबार, मङि्सर १२, २०७९११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निजामती कर्मचारीको पोशाक डुल्थे यी व्यक्ति, वास्तविकता खुल्दा सबै चकित !