यस्तो छ आलिया भट्ट-रणबीर कपुरको छोरीको नाम, आलियाको विशेष लेखले जित्यो फ्यानको मन !

एजेन्सी- आलिया भट्ट र रणवीर कपुर यति बेला सन्तान आनन्द लिइरहेका छन् । सोही क्रममा आलियाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै छोरीको नाम खुलाएकी छिन् । यति मात्र नभई आलियाको पोस्टमार्फत छोरीको नामको अर्थ संस्कृतमा पनि बताइएको छ। अभिनेत्रीको पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

आलिया भट्टले इन्स्टाग्राममा एक तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा आलिया-रणबीर देखिएका छन्, तर सबैको ध्यानाकर्षण गर्ने सबैभन्दा विशेष कुरा भनेको भित्तामा झुन्डिएको फुटबल जर्सी हो। जसमा उनीहरुले आफ्नो छोरीको नाम ‘राहा’ लेखिएको छ। अभिनेत्रीले आफ्नी छोरीको नाम हजुरआमा नीतु कपुरले राखेको पनि बताइन्। नाम खुलासासँगै आलियाले ‘राहा’ नामको अर्थ पनि बताएकी छिन्।

आलियाले राहाको अर्थ पनि बताइन् । अभिनेत्रीले लेखेकी छन्– स्वाहिलीमा राहाको अर्थ खुसी हुन्छ भने संस्कृतमा यसको अर्थ गोत्र हुन्छ । राहा भनेको बंगालीमा आराम र अरबीमा शान्ति हो। त्यस्तै यसको स्वतन्त्रताको अर्थ पनि छ।

अभिनेत्री आलिया भट्टकी छोरीको यो नामका धेरै अर्थ छन् । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिएकी थिइन्। त्यति बेलादेखि नै आलिया–रणवीरकी छोरीको नाम के राख्ने भन्ने चर्चा चलिरहेको थियो । अहिले नाम सुनेपछि सबै खुसी छन् ।

प्रकाशित : शुक्रबार, मङि्सर ०९, २०७९११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अन्योलमा रहेको बलिउड क्षेत्रको मुहार फेर्दै फिल्म ‘दृश्यम २’, पार गर्‍यो १०० करोड कले:क्सन !