काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको जित सुनिश्चित भएको छ। सुरुवाती मतगणनामा पछि परेर त्यसपछि अगाडी लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले रफ्तार कम नगर्दै जित सुनिश्चित गरेको हो।
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुने निश्चित भइसकेको छ। लामिछानेले गणना हुन बाँकी मत भन्दा बढी मतको अग्रता बनाएसँगै उनको जित सुनिश्चित भएको हो।
अहिले सम्म ७९ हजार २ सय १५ मत गणना भएको छ। जसमध्ये लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरिसकेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गरेका छन्।
लामिछाने श्रेष्ठभन्दा ३१ हजार ५ सय २८ मतले अगाडी रहेका छन्। सो क्षेत्रमा ८४ हजार ३ सय १७ जनाले मतदान गरेका थिए।