भक्तपुर २ मा महेश बस्नेतको कम्ब्याक !

भक्तपुर, भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् । नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् ।

केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।

मकवानपुर २ मा विरोध खतिवडाले लिए अग्रता

मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् । खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याउँदा उनलाई एमालेका महेश बर्तौलाले १ हजार ६ सय ५ मतका साथ पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ सय १ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए ।

सप्तरी ३ र ४ मा नेपाली कांग्रेसको अग्रता

सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार २ सय ८७ मत प्राप्त अग्रता कायम गरेका छन् ।

नेपका एमालेका ताराकान्त चौधरी ६ सय ४५ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी २ सय २३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी १ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । जनमत पार्टीका
सुकदेव साहले १ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाज पार्टीका बाल किशोर यादव १ सय १ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित : सोमबार, मङि्सर ०५, २०७९२०:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दोस्रो स्थानमा उक्लिए रवि !