दोस्रो स्थानमा उक्लिए रवि !

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर घटाउन थालेको छ। सोमबार दिनभरि मतगणनामा पछि देखिएको सो पार्टीले मतान्तर घटाउन थालेको हो।

मंगलबार बिहानको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै लामिछाने दोस्रो स्थानमा उक्लिएका हुन्।

अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन्। उनी तेस्रो स्थानका उमेश श्रेष्ठ भन्दा १ सय ९१ मतले अगाडी रहेका छन्। नेपाली कांग्रेसका श्रेष्ठले २ सय ३६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै छ। उनले अहिले सम्म २ हजार ३ सय ३१ मत प्राप्त गरेका छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ०६, २०७९०६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाँस्कोटालाई पहिलो गाँसकै ढुंगा !