काठमाडौँ : हाम्रो सनातन धर्ममा हरेक कामको लागि एक अभीष्ट मुहूर्त निर्धारित गरिएको छ।
त्यस्तै अर्कैतिर केही यस्ता अवधिहरु छन् जुन समयावधिमा शुभकार्य गर्न निषेध गरिएको छ।
यस अवधिमा सबै कार्यहरु जस्तै विवाह, मुण्डन, लगन, गृहप्रवेश, व्रतबन्ध आदि कार्यहरु निषेध गरिएको छ।
शुभ एवं माङ्गलिक मुहूर्त्त निर्धारणमा बृहस्पति एवं शुक्रका ताराहरु उदय हुन् अत्यावश्यक रहेको छ।
बृहस्पति र शुक्रका तारा अस्ताउँदा कुनै पनि शुभ एवं माङ्गलिक कार्यका मुहूर्त बन्दैन्।
अहिले शुक्रका तारा अस्त प्रारुपमा चलिरहेको छ जुन मङ्सिर ७ गते बुधबार औंसी तिथिको दिन पश्चिममा उदय हुनेछ।
पञ्चाङ्गको भिन्नता र मतान्तरको कारण शुक्रको तारा मङ्सिर ३ गतेदेखि मङ्सिर ७ गतेभित्र उदाउँने बताइएको छ ।
अत: मङ्सिर ७ गतेपश्चात विवाह आदि शुभ-माङ्गलिक कार्य प्रारम्भ हुनेछन्।
