काठमाडौँ : कार्तिक २३ गते बुधबारबाट मार्गशीर्षको महिना सुरु भईसकेको छ र यो मङ्सिर २२ गते बिहिबारसम्म रहनेछ। मार्गशीर्षलाई अग्रहायणे मङ्सिर महिना पनि भनिन्छ। यस महिनामा भगवान श्रीकृष्णको पूजा गर्ने व्यक्तिको जीवनमा धेरै सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ। यसका साथै मार्गशीर्ष महिनामा भगवान विष्णु र उनको शङ्खको पूजा गर्नुको विशेष महत्व रहेको बताईन्छ। पौराणिक मान्यता अनुसार शिव विवाह र राम विवाह मार्गशीर्ष महिनामा नै सम्पन्न भएका थिए। यस्तो अवस्थामा यस महिनामा भागवत पठन र दान गर्नाले व्यक्तिलाई धेरै पुण्य प्राप्त हुन्छ। यस समयावधिमा भोजनमा केही चीजहरुको प्रयोगलाई वर्जित गरिएको छ।
स्नान
मङ्सिरमा पवित्र नदीहरुमा स्नानको विशेष महत्त्व छ। मार्गशीर्ष महिनाको प्रथम तिथिबाट नै सत्ययुगको सुरुवात भएको थियो। यद्यपि यस अवधिमा केही काम गर्दा पुण्य प्राप्त हुन्छ। यसका साथै तामसिक भोजनको सेवनलाई अशुभ मानिन्छ ।
भागवतको पाठ
मार्गशीर्ष महिनामा भागवत पाठ गर्नाले पुण्य प्राप्त हुन्छ। यस समयमा भगवान विष्णुको चतुर्भुज रुपको पूजा गर्नु लाभदायक मानिन्छ। महिनाभर बिहान उठेपछि ॐ नमो नारायणाय, ॐ नमो भगवते वासुदेवाय र गायत्री मन्त्र जप गर्नुपर्छ।
तामसिक भोजन
मार्गशीर्ष महिना धेरै शुभ मानिने भएकाले यस अवधिमा तामसिक भोजन र मांसाहारी खानाबाट टाढा रहनुपर्छ। साथै खानामा जिराको प्रयोगलाई पनि निषेधित मानिन्छ। यो महिना गरिबहरूलाई दान र खाना खुवाउने प्रयास गर्नुहोस्।
