काठमाडौँ : हलिउडको दिग्गज अभिनेता जर्ज क्लोनी(George Clooney) लाई एक दिनको कामका लागि ३५ मिलियन डलर(लगभग ४५१ करोड रुपैयाँ) अफर गरिएको थियो तर उनले यत्ति ठूलो अफर अस्वीकार गरेका थिए। बलिउड अभिनेता अनिल कपूरसँगको कुराकानीको क्रममा उनले यो कुरा शेयर गरेका हुन्।
जर्ज क्लुनीले आफूलाई केही वर्षअघि आफ्नो ब्राण्डको प्रचारका लागि एक एयरलाइन्स कम्पनीले यो रकम प्रस्ताव गरेको बताए। तर उनले एक झट्कामै यो प्रस्ताव अस्वीकार गरेका थिए। तर उनले आफ्नो लागि आफ्नो साख महत्वपूर्ण रहेको खुलाए। जब कसैले यति ठूलो रकम दिन चाहन्छन्, त्यसको पछाडी केही खास कारण हुन् सक्छन्। मानिसहरु आफ्नो कालोलाई सेतो बनाउन चाहन्छन्।
जर्ज क्लोनीले यो अफरको बारेमा धेरै सोचेको बताए। त्यसपछि आफ्नी श्रीमतीसँग कुरा गरे र मानवाधिकार वकील अमाल क्लोनी(Amal Clooney) सँग पनि परामर्श गरे। उनले यो पैसा परोपकारमा सदुपयोग गर्ने सोच बनाएका थिए तर कम्पनीको पृष्ठभूमि हेरेर दुवैले ठाडै अस्वीकार गरे। किन अस्वीकार गरे यति ठूलो प्रस्ताव ?
जर्ज क्लोनीले केही वर्षअघिसम्म पनि ‘द गार्जियन’ सँगको कुराकानीको क्रममा यो घटनाको उल्लेख गरेका थिए। त्यतिबेला उनले भनेका थिए – ‘जब मलाई यति मोटो रकमको अफर आयो तब मैले खुब सोचे। तर जुन देशको एयरलाइन्सले मलाई यो अफर गरेको थियो त्यो विभिन्न प्रश्नको घेरामा थियो। म मेरो सिद्धान्तमा सम्झौता गर्न सक्दिन, त्यसैले प्रस्ताव अस्वीकार गरे।’
६१ वर्षीय जर्ज क्लोनी अन्तिम पटक रोमान्टिक कमेडी फिल्म ‘टिकट टु पाराडाइस(Ticket to Paradise)’ मा देखिएका थिए, जुन सुपरहिट भएको थियो।