सम्बन्ध विच्छेदको खबरपछि पहिलो पटक एक साथ देखिए रणवीर-दीपिका, पोसाकले तान्यो सबैको ध्यान !

एजेन्सी- रणवीर सिंह र दीपिका पादुकोण बलिउडका सबैभन्दा चर्चित जोडीमध्ये एक हुन्। केही समययता रणवीर र दीपिकाको सम्बन्ध विच्छेद हुन लागेको भन्ने हल्ला चलिरहेको छ र यो जोडीले यी खबरलाई अभिनेता-अभिनेत्रिले अस्वीकार गर्दै आएका छन् तर यी खबरहरु बिच पहिलो पटक रणवीर र दीपिका सार्वजनिक रुपमा सँगै देखिएका छन्।

अहिले रणवीर र दीपिकाको केही तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। लामो समयदेखि दीपिका र रणवीरको सम्बन्ध चिसिएको र चाँडै नै दुवैको सम्बन्ध विच्छेद हुने हल्ला चलिरहेको थियो।

केही समय पहिले दीपिका पादुकोण जी:-क्यू अवा:र्ड मा आफ्नो पतिको साथमा पुगेकी छिन्। यो बो:-ल्ड सूटमा दीपिका निकै सुन्दर देखिएकी थिइन्। उनले कोटाको साथमा लगाएको भित्री वस्त्रले सबैको ध्यान तानेको छ।

रणवीर सिंह पनि सधैँ झैँ अवार्ड समारोहमा सहभागी हुन निकै अनौठो शैलीमा पुगेका थिए । त्यस समयमा रणवीरको पाइन्ट र कलरमा झुन्डिएको सुनौलो लहराले सबैको ध्यान तानेको छ ।

सम्बन्ध विच्छेद हुन् लागेको खबरको बिचमा अवा:-र्ड शोमा यो पहिलो पटक हो जब यो चर्चित  जोडी सार्वजनिक रूपमा सँगै देखिएका छन्। यी दुईले दीपावलीमा सँगै कुनै फोटो पनि पोस्ट गरेका छैनन् ।

प्रकाशित : शुक्रबार, कार्तिक २५, २०७९१६:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘हेरा फेरी ३’ बाट अक्षय कुमार बाहिरिए, यी अभिनेताको प्रवेश ?